55
Shares
काठमाडौं, १९ वैशाख । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले कप्तानी सम्हाल्दै छन् ।
नियमित कप्तान रोहितलाई आज विश्राम दिइएको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ गर्ने छ ।
नेपालले आजको खेलमा ४ परिवर्तन गरेको खेलाडीहरु करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी सहभागी गराएको छ भने कप्तान रोहित, कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द विश्राम दिइएको छ ।
वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई पहिलो पटक टिममा राखेको छ ।
सिरिज हाल १–१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित दर्ज गरेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकालेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन