रौतहट, २१ वैशाख । भन्सार विभागको लुटकारी नीतिका विरुद्ध निर्णायक संघर्षमा उत्रिएका आम जनता पार्टी निकट रहेका आम सम्पर्क मञ्चले शुक्रवार दोश्रो दिन भन्सार विभागको कार्यालयलाई घेराउ गरेका छन् ।
संघिय राजधानीको त्रिपुरेश्वरमा रहेका भन्सार विभागको कार्यालयलाई आम सम्पर्क मञ्चका नेता एवं कार्यकर्ताहरुले आज दोश्रो दिन घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताहरुको नीजि सम्पत्ती लुट्ने कामलाई तुरुन्त बन्द गर्न भन्सार विभागको कानुनमा रहेका कथित रुपमा ४५ प्रतिशत पुरस्कार जस्ता लुटकारी प्रावधान हटाउन लगायतका माग सहित आम जनता पार्टीले चौथो चरणको निर्णायक आन्दोलनको घोषित कार्यक्रम अनुसार विभागको कार्यालय घेराउ कार्यक्रम जारी राखेको छ ।
गत भदौ महिना देखि सुरु गरेका उक्त आन्दोलनका मागहरु, “राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरुपता ल्याऊनुपर्ने, भन्सार कानुनबाट पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने, भन्सार नियन्त्रणको नाममा निजी सम्पति लुट्ने काम बन्द गर्नुपर्ने तथा तराई सीमा नाकामा भन्सार कार्यालय स्थापना एवं स्तरवृद्धि गर्ने” लगायतका मागहरु राख्दै आजपा आन्दोलनमा होमिएका सो पार्टीले जनाएका हुन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन