वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पेसा–व्यवसायमा फाइदा हुनाले आयस्राेत सबल बन्नेछ। व्यापार बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। साेमवारपछि रकम बाहिरिनाले आर्थिक अभाव देखापर्न सक्छ। सरसापटमा गएको धन तत्काल फिर्ता उठाउन नसकिएला। श्रमको प्रतिफल कमैमात्र प्राप्त हुनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले परिस्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नाले दाम समेत प्राप्त हुनेछ। भेटघाटमा मन रमाउनेछ। मानसम्मान पनि पाइनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्छ।