तराई टप संवाददाता
रौतहट, १५ असोज । स्थानीय तहको निर्वाचन भएपछि बजेट चलाउने विषयमा अधिकाँश मेयर र उपमेयर विच मतभेद उत्पन्न भएको सर्वविदितै छ तर उपमेयरलाई बैठकमा उपस्थित हुनका लागि हुलाकबाट पत्र पठाउनु परेको अवस्था सृजना भएको छन् ।
रौतहटको गरुडा नगरपालिकामा आउदो १७ गते तय गरिएको नगर परिषदमा उपस्थितिका लागि हुलाकबाट उपमेयर रंगीला देवी जयसवाललाई पत्र पठाइएको कुराबाट मेयर र उपमेयर विच कतिको तालमेल छ प्रष्ट भएका हुन् ।
गरुडा नगरपालिकाको मेयर इन्नुराय यादवले यही असोज १७ गते नगरपरिषदको लागि तिथिमिती तय गरिएको छ । उक्त बैठकमा उपस्थिति हुनका लागि उपमेयर कतिपटक प्रयास गर्दा समेत नगरपालिकामा आउन नचाहदा बाध्य भएर हुलाकबाट आमन्त्रणा पत्र पठाउुन परेको वाध्यात्मक अवस्था सृजना भएको बताए ।
यता उपमेयर श्रीमती जयसवालले राजस्व परामर्श समितिको बैठक बसेको छैन, कुनैपनि वडाबाट बजेट सिलिंगको माग गरिएको छैन्, कार्यपालिकाको वैठक समेत नबसी परिषद्को तिथि मिति तय गरिनु अत्यन्तै दुःखद भएको भनिन । गरुडा नगरपालिकामा ११ वटा मेयर रहेको प्रक्रिया दिइन् । मेयर यादवको छोरा अनिल यादव कार्यालय सहायकमा जागिर खाएपनि मेयर बनेर सवै काम गर्दै आएको उनले गम्भीर आरोप लगाइन । मेयर यादवको वृद्ध भईसक्नु भएको उहाँलाई छोरा सहित केही व्यक्तिहरु विभिन्न बहानामा तल पार्ने काम गरेको हुँदा आज सम्म गरुडा नगरपालिकामा चाहे अनुसारको विकास निर्माणको कार्य सम्पन्न हुन सकेन । हरेक कार्यमा अनियमितताले भरिएको हुँदा हामी जस्ता सध्य एवं भद्र महिलाको त्याहाँ पुग्न हुलाकबाट पत्र आउनु कतिको दुखद कार्य भएको तपाईहरु आफै ठ्म्याई लगाउनुस उनले भनिन ।
असार १० भित्रै नगरसभा गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनु पर्ने र साउन अगाडी नै पास गनुपर्ने व्यवस्था छ । अन्यथा बजेट पेश नगर्ने पालिकामा बजेट निकासा नहुने जस्ता प्रावधान भएपनि आन्तरिक किचलोको कारण गरुडा नपामा हाल सम्म नगर अधिवेशन हुन सकेको छैनन् ।
यस्तै देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलले परिषद गर्न निकै प्रयास गरेपछि गत सता मात्रै उपमेयर परनिया देवी पटेल संग सहमती भएको छ । भने जतिको बजेट दिन्छु भनेपछि उपमेयर पटेलले सहमती गरेकी छिन । सो नपामा प्रमुख र उपप्रमुखबीच ६० र ४० प्रतिशत बजेट बाँडफाँट गर्ने सहमति सबै मनमुटाव सकिएको बताइएको छ ।
उपमेयर पटेललाइ एक करोड ७० लाख बजेट छुट्याउने मेयरले प्रतिबद्धता गरेको छ । यसरी छुट्याइएको बजेट प्रमुख र उपप्रमुखले आफ्नो चुनावी योजना बनाउने छन । देवाही गोनाही नपामा बिगत ४ बर्ष देखी मेयर उपमेयर बिच बिवाद चल्दै आएको थियो, अन्त्यमा आएर बजेटमा तालमेल मिलेपछि सबै विवाद सकिएको छ ।
रौतहटको अर्का राजदेवी नगरपालिकामा मेयर धिरेन्द्र सिंह र उपमेयर अंशु सिंह विच हाल सम्म सहमती हुन सकेको छैनन् । पालिकामा निर्वाचित भए देखि नै दुवै जनाविच बजेटको विषयलाई लिएर पटक पटक विवाद चल्दै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन