“सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई दुरुपयोग गर्दै एम्बुलेन्स संचालकहरु

71 Shares

एक स्थानमा दर्ता भई अन्यत्र लगेर गैरकानुनी रुपमा जनकपुरबाट संचालन भईरहेका एम्बुलेन्सहरुको तराई टप अनलाईन लाई प्राप्त भएको सूची

रौतहट, १ जेठ । विभिन्न संघसंस्थाहरुको नामबाट खरिद गरिएका एवं भारतीय सरकारबाट उपहारमा पाएका एम्बुलेन्सहरु सम्बध स्थानमा नलगि जनकपुरबाट संचालन गरेर एम्बुलेन्स जस्ता परोपकार सेवालाई केही व्यत्तिहरु मागिखाने भाडोको रुपमा प्रयोग गर्दै आएको गम्भीर आरोप लागेका छन् ।
मधेश प्रदेशका राजधानीमा अहिले रौतहट, वारा, पर्सा, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी सहितका जिल्लाका लागि खरिद गरिएका दर्जनौं एम्बुलेन्सहरुलाई केही व्यक्तिहरुले ठेक्का पटाका आधारमा खरिद विक्री गरेर चरम रुपमा दुरुपयोग गर्दै आइरहदा बाध्य भएर एम्बुलेन्स चालक संघका २६ वटा संस्थाहरुले संयुक्त रुपमा त्यस्ता एम्बुलेन्स विरुद्ध आवश्यक कारवाही गर्नका लागि २०८० माघ १५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा लिखित उजुरी गरेका थिए ।
गैरकानुनी रुपमा संचालनमा रहेका १६ वटा एम्बुलेन्सका नम्वर र सम्बध व्यक्तिका मोवाइल नम्वर सहितको किटानी उजुरी दिदा समेत हाल सम्म जिल्ला प्रशासन कार्यालय धनुषाबाट कुनै कारवाही नभएको एम्बुलेन्स चाकल संघका केन्द्रीय अध्यक्ष महाशंकर ठाकुरले तराई टप संग गुनासो गरे ।
“सेवा नै धर्म हो” मूल मन्त्रका साथ संचालन गरिएका एम्बुलेन्सका संचालकहरु मूलमन्त्रबाट विचलित भई आर्थिक लाभ एवं व्यत्तिगत सम्पत्तीको रुपमा प्रयोग गर्न थालेका कारण विभिन्न समयमा एम्बुलेन्स सेवा बदनाम हुँदै गएकोमा दुख व्यक्त गर्दै केन्द्रीय अध्यक्ष ठाकुरले विरामीहरुलाई समयमै सुविधा सम्पन्न अस्पताल सम्म पुर्याएर मानविय धर्म पुरा गर्नुपर्ने भएपनि त्यस्ता एम्बुलेन्स चलाउने चालकहरु कमसल एवं उपचार नहुने नीजि अस्पताल संग बढि कमिशनमा विरामी ओरालेर मानविय धर्म संग खेलवाड गर्दै आएको उनले गम्भीर आरोप लगाए ।
विभिन्न संघ संस्थाहरु तथा विभिन्न निकायहरुबाट उपहार स्वरुप एम्बुलेन्सहरु उपलब्ध गराउदा उक्त जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरु जिम्मेवार भई जिल्लामा रहेका सबै एम्बुलेन्सको वर्तमान अवस्थाहरु सम्बन्धमा जानकारी राखेमा मात्रै गैरकानुनी कार्यहरु बन्द हुने उनले सुझाव दिए ।
नेपाल सरकार, प्रदेश र स्थानीय सरकारले आ आफनो इमान्दारीका साथ जिम्मेवारी पुरा गरेमा यस्ता गोरखधन्धा चलाउनेहरुलाई कानुनी कटघेरामा नल्याए सम्म यस्ता कार्यहरु माथि नियन्त्रण गर्न गाह्रो रहेको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।