दाङ, १ जेठ । दाङ जिल्लाको राजपुर गाउँपालिकाको वडा सदस्यले प्रधानाध्यापक लाई कुटपिट गरेका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित सिक्टा माविका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले हिजो सोमवार कुटपिट गरेका हुन् ।
प्रधानाध्यापक खत्रीको आँखा, टाउको र हातमा चोट लागेको बताइको छ । वडा नम्बर ७ का अध्यक्ष पुष्कर वलीसँग हिजो वडा कार्यालयमा छलफलको क्रममा वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको उनले आरोप लगाए ।
प्रधानाध्यापक खत्रीको भनाई, ‘विद्यालयको विषयमा छलफल भइरहेको थिए वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गर्नुभयो र स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क उठाएको भनेर प्रश्न गर्नुभयो । विद्यार्थीबाट शुल्क नउठाए विद्यालय कसरी सन्चालन गर्ने भन्ने बित्तिकै म माथि कुटपिट गरियो । उनले ’सदरमुकाम घोराही गएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको बताए ।
वडा सदस्य बस्नेतले प्रधानाध्यापक माथि कुटपिट गरेको स्वीकार गरे । प्रधानाध्यापक खत्रीले मुख छोडेपछि हात छोड्न बाध्य भएको बताए । ‘गाउँपालिकाले निःशुल्क शिक्षा लागु गरेको छ तर उनले विद्यार्थीसँग किन शुल्क उठाउने ? मैंले प्रश्न गर्दा विवाद भएको थियो ।’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन