38
Shares
विराटनगर, १ जेठ । लागु औषध कारोबार गर्ने भारतीय व्यक्तिलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले मंगलवार गोली प्रहार गरेको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय विराटनगर र लागु औषध व्युरो बाट खटिएका संयुक्त टोलीले रतुवामाई नगरपालिका वडा नम्बर ६ कादुपार्डा सडकमा पछयाउदा भाग्न थाले पछि प्रहरीले गोली प्रहार गरेर भारत विहार किसनगन्जका ४८ वर्षीय भागिरथ हरिजनलाई पक्राउ गरिएको हो ।
भारतीय नागरीक हरिजनलाई पक्राउ गर्न प्रहरीले गोली फायर गर्दा मुठभेड भएको लागु औषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाले बताए ।
एसएसपी थपलियालका अनुसार उनलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो । उनको दाहिने खुट्टामा गोली लागेकोे बताए ।
उनको साथबाट प्रहरीले अन्दाजी १५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन