स्थानीय सरकार, प्रहरी प्रशासनको सेटिंगमा वागमती नदी दोहन तिव्र

83 Shares

गढिमाई नगरपालिकाको समनपुर स्थित वागमती नदीको पुल छेउमै ठूलठूला एक्जाभेटर मेशिनको प्रयोग गरेर उत्खनन गर्दा आउदो समयमा पुलको अवस्था कमजोर हुने भएपनि सम्बध निकाय पैसामै चुर्लुम्म डुब्नुका साथै अनियमित कार्यको हरिविजोग रहेको तराई टप अनलाईन लाई प्राप्त भएको तस्वीरले देखाउँछन् ।

रौतहट, २ जेठ । वागमती नदीलाई रौतहट र सर्लाहीका स्थानीय तह देखि लिएर स्थानीय प्रहरी प्रशासनको साँठगाँठमा ठेक्केदारहरु दोहन गर्ने थलो बनाएको देखिदा बर्षा याममा तलतिरका दर्जनौं गाउँहरु जोखिममा पर्ने सम्भावना बढेका छन् ।
वागमती नदीबाट खोला जन्य बस्तु निकाल्न स्थानीय तहले लगाएको ठेक्का बन्दोबस्त गरेर दर्जनौं स्थानहरुमा ठूलठूला मेशिनहरु प्रयोग गरी वागमती नदीमा खाल्डा खुल्डी बनाउदै भौतिक संरचनाहरुमा प्रतिकुल असर पर्ने गरी भईरहेका दोहन कार्यबाट तलतिरका दर्जनौं गाउँहरु बाढिको समयमा सम्भावित जोखिमहरु बढ्दै गएका हुन् ।
रौतहटको चन्द्रपुर, वृन्दावन, गढीमाई सर्लाहीका वरहथवा, बसवरिया, धनकौल लगायतका पालिका क्षेत्रमा रहेका वागमती नदीको दर्जनौ स्थानमा ठेक्केदारहरु ठूलाठूला एक्जाभेटर मेसिन र मोवाइल क्रसरको प्रयोग गराएर धमाधम उत्खनन कार्य जारी राखेको छ । उक्त गैरकानुनी कार्य गर्नमा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकारको साँठगाँठकै कारण उनीहरु माथि कारवाही हुन नसकेको स्थानीय बासिन्दाहरुले आरोप लगाउँछन् ।
गढिमाई नगरपालिकाले बोलपत्र आह्वान गरेपनि आन्तरिक मिलोमतोमा समनपुर देखि उत्तर दक्षिण सम्ममा चार पाँच स्थानमा धेरै एक्जाभेटर मेसिनबाट बागमती नदीमा उत्खनन गरिरहेको पाइएका छन् । वागमती नदीबाट खोलाजन्य पदार्थको उत्खनन गर्नुपूर्व प्रारम्भीक वातावरण परिक्षण गर्ने कानुनी प्रावधान भएपनि उक्त प्रावधानलाई धोती लगाउदै गढीमाई नगरपालिकाका पदाधिकारीहरु खोलालाई माफियाको जिम्मामा लगाई अकुत रुपमा धनसम्पत्ती जोड्नमा मस्त रहेको हुँदा जथाभावी रुपमा उत्खनन भईरहदा तल तिरको बस्ती यसपाली बर्षा याममा आउने बाढीको उच्च जोखिममा परेको स्थानीय बासिन्दाहरुले गम्भीर आरोप लगाए ।
प्रहरी प्रशासन र स्थानीय तहको संरक्षणमा वागमती दोहन जारी
अबैध उत्खनन गर्न कार्यलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासन, जिल्ला समन्वय समिति लगायतका जिल्ला अनुगमन समितिका सम्पूर्ण पदाधिकारीहरु सहित सम्बध स्थानीय तहको संरक्षण एवं सम्बर्धनका कारण रौतहटमा वागमती नदीको चरम दोहन भईरहेको छ । रौतहट र सर्लाहीका प्रहरी प्रशासनले वागमती नदिलाई दोहन गरेर आ आफनो व्यक्तिगत सम्पत्ती जोड्नमा मस्त रहेको हुँदा यसैले “मस्त राम मस्तीमे, आग लगे बस्ती मे” उखान झै यहाँका स्थानीय तह, प्रहरी प्रशासन, सम्बध निकायहरु आर्थिक प्रलोभनमा चुर्लुम्म डुबेको हुँदा अबैध एवं अनाधिकृत रुपमा भईरहेको दोहनबाट तल तिरको दर्जनौं गाउँ प्रभावित भएमा बालै मतलव छैनन् सम्बध निकायलाई ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको भुमिका माथि प्रश्न चिन्ह खडा किन ?
आफना कार्यक्षेत्र बाहेक अर्काको कार्यक्षेत्रमा प्रवेश गरेर माछा समातेर भन्सार बुझाउने सशस्त्र बेस समनपुर भएर दैनिक दुई सयभन्दा बढी टिपर बागमती नदीलाई दोहन गरेर झिकिएको बालुवा गिटी लैजादा समेत ध्यान पुग्दैनन् । गिटी उत्खनन भएर बिना ढाला लैजाँदा पनि देख्दैन।
सोही स्थानमा रहेका इलाका प्रहरी कार्यालय समनपुरको पनि उही हविगत हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा गढीमाई नगरपालिकाले दैनिक सयौं टिपर ढुंगा, गिटी, ग्रावेल तथा बालुवा उत्खनन गरेर निर्वाध रुपा बाहिर पठाउदै गरहेको पाइएको छ ।
नदी उत्खनन गर्न आवश्यक सम्पूर्ण मापदण्ड र नीति नियमलाई उल्लंघन गर्दै आएपनि स्थानीय सरकार मौन रहदा नदीको दोहन कार्यले तिव्रता पाएको आरोप स्थानीयले लगाए । जनप्रतिनिधिको मिलिभगतको कारण करोडौंमा लाग्ने ठेक्का अहिले कौडीको भाउमा लागेर आन्तरिक आम्दानी माथि गढीमाई नगरपालिकाको गिद्धे दृष्टि परेको हुँदा यस्तो अवस्था आएको सोही स्थानका बासिन्दाहरुले बताए ।
वागमती दोहनको नमूना
दुई भागमा लागेको ठेक्काको पुलदेखि उत्तर पृथ्वी निर्माण सेवा हर्दिया– ४ ले एक करोड पाँच लाखमा र पुलदेखि दक्षिण सुमित निर्माण सेवाले ९५ लाखमा सकार गरेको थियो । विगतका वर्षभन्दा निक्कै कम रकममा ठेक्का भएको तर पहिलेका वर्षहरू भन्दा निकै बढी नदीको दोहन हुँदा पनि सबै पक्ष मौन बसेका छन् ।
बागमती नदीमा बालुवा, गिटी, ग्रावेल, ढुंगा उत्खनन, प्रशोधन, भन्डारण तथा ओसारपसार गर्ने क्रशर माफियाको एकछत्र राज हुँदा पनि मोटो रकम लिएर स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन तै चुप मै चुप बनेर बसेको कारण अराजकता बढेको छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।