सिरहा, ३ जेठ । सिरहा जिल्लाको अर्नमा गाउँपालिकाको व्रम्हपुरी गाउँमा एक जनालाई जग्गा सम्बन्धी विवादमा कोदालो प्रहार गरेर हत्या गरिएका छन् ।
अर्नमा गाउँपालिका वडा नम्वर २ ब्रम्हपुरीका ५३ बर्षिय बुधराम महतोलाई विहिवार विहान ८.२० बजेको समयमा कोदालोले काटिरहेको अवस्थामा स्थानीयले देखिपछि प्रहरीलाई खवर गर्दै बचाउन प्रयास गरेपनि महतोलाई जोगाउन नसकिएको सिरहा प्रहरीले जनाएका हुन् ।
स्थानीय बुधराम महतो खेतमा खर लिन ट्रेक्टर लिएर खेतमा गएको बेला स्थानीय बचाई महतोले कोदालो प्रहार गरेर उनको हत्या गरेको थियो । कोदालो प्रहारबाट निजको घटनास्थलमै मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
कोदालो प्रहार गर्ने बचाई महतो फरार भएका छन् । प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामो समय देखि जग्गा सम्बन्धी विवाद चल्दै आएको थियो । मृतक महतोको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी सापकोटाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन