प्राकृतिक श्रोत सम्पदाको दोहन जारी, खोलाको अनुगमन गर्न जिल्ला अनुगमन समितिको निर्णय

75 Shares
रौतहट, ४ जेठ । प्राकृतिक श्रोत सम्पदाको संरक्षण गरी स्थानीय पर्यावरणलाई सुदृढ बनाउने अभिभारा बोकेका सम्बध निकायहरुनै चरम दोहन गरिरहदा आउदो समयमा ठूलो प्राकृतिक विपत्ती निम्त्याउन सक्ने आशंका गरिएका छन् ।
अनाधिकृत रुपमा खोलाजन्य बस्तुको उत्खनन एवं चुरे क्षेत्रबाट झिकिदै गरिएका ठूलठूला बोल्डरहरुका कारण आउदो समयमा ठूलो प्राकृतिक विपत्ती निम्त्याउन सक्ने आशंका वातावरण विज्ञहरुले गरेका हुन् ।
खोलाजन्य बस्तु पाइनेमा वागमती, चाँदी, धनसर, लालबकैया, हर्दिया सहित विभिन्न नदीहरुबाट गिट्टी, बालुवा, ग्रावेल झिकेर नदीको सतहलाई परिवर्तन गरिने कार्यको साथै नदीमा ठूल ठूला खाल्डोहरु खनेर चरम दोहन गर्दै प्रकृति संग खेलबाड गरिरहेको आरोप यतिखेर रौतहट जिल्लाको स्थानीय सरकार प्रमुखहरु माथि लागेको छ र सो कार्यलाई यहाँका प्रहरी प्रशासनले सघाई रहेको पाइन्छ ।
जिल्लामा अनाधिकृत रुपमा बर्षौ देखि संचालनमा रहेका क्रशर उद्योगहरु नेपाल सरकारको उद्योग मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरित कार्य गरिरहदा समेत तिनीहरुलाई ऐनकानुनको परिधी भित्र ल्याउन नसकिनु नै संस्थागत रुपमा आर्थिक भ्रष्टाचारले यहाँ पनि जडो गाडिसकेको गम्भीर आरोप स्थानीयहरुले लगाए । वासिंग गर्ने बहानामा खडा गरिएका क्रशर उद्योगहरु धमाधम क्रशिंग गरिरहदा पनि तिनीहरु माथि नियमनकारी निकायको डण्डा नचल्नाले तिनीहरु उच्च मनोवलका साथ गैरकानुनी कार्यलाई जारी राख्दै राज्यलाई तिर्नुपर्ने करोडौं करोड राजस्व रकमलाई समेत मासिदै आएको छन् ।
स्थानीय सरकारले खोलाजन्य बस्तुको निकासी गर्न गराउन आह्वान गरिएका बोलपत्रमा प्रायः मिलिभगतमै लगाउने गरिएको, त्यस कार्यमा स्थानीय सरकार प्रमुखको समेत संलग्नता रहने गरेको, अनाधिकृत रुपमा खोलामा मेशिन लगाउन इजाजत दिएर स्थानीय सरकार प्रमुखहरु नै चरम आर्थिक भ्रष्टाचारमा यतिखेर डुबेको समाचार “तराई टप” अनलाइनमा प्रकाशित भएपछि कुम्भकरण झै चिर निन्द्रामा रहेका जिल्ला अनुगमन समितिको ध्यानाकर्षण भए ।
जिल्ला समन्वय समितिका सभापतिको नेतृत्वमा रहेका जिल्ला अनुगमन समितिका पदाधिकारीहरुमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी, सम्बध स्थानीय सरकार प्रमुख, डिभिजन वन कार्यालय, सहितका पदाधिकारीहरु अनुगमन समितिमा सदस्य रहने प्रावधान रहेको छ ।
जिल्ला अनुगमन समितिको बैंठकमा के भयो त ?
जिल्ला समन्वय समिति रौतहटले बोलाएको जिल्ला अनुगमन समितिको बैंठक विहिवार रौतहट सदरमुकाम गौर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा ६ महिनामा पहिलो पटक बस्यो ।
६ महिनामा बसेको बैठकमा ६ वटा स्थानीय सरकारको प्रमुखलाई अनिवाय उस्थिति हुन बोलाइएकोमा चन्द्रपुर र गढिमाइन नगरपालिकाको मेयरको मात्रै उपस्थिति रहे । वृन्दावन, गुजरा, फतुवा विजयपुर र कटहरिया नगरपालिकाको मेयरको उपस्थिति भएन ।
उक्त वैठकमा संचारकर्मीहरुले उठाएको विषय माथि गम्भीर त देखियो तर बढि तारो संचारक्षेत्रलाई बनाउन खोजिदा तथ्यपरक ढंगबाट बुंदागत रुपमा संचारकर्मीहरुले उठाएको सवालमा स्थानीय सरकार प्रमुखहरु र सम्बध निकायका पदाधिकारीहरु सहमती जनाएका थिए ।
संचारक्षेत्रले देखाएका तथ्यपरक कुराहरुबाट प्रहरी प्रशासनका प्रमुखहरु पनि सहमत भए, नियमति रुपमा अनुगमन गर्ने, अनाधिकृत रुपमा संचालनमा रहेका क्रशर उद्योगलाई बन्द गराउने प्रक्रियामा जाने, कर छल्दै आएका क्रशर उद्योगलाई करको डायरामा ल्याउने, मापदण्ड विपरित मेशिनको प्रयोग गर्नमाथि पुनरविचार गर्ने, अनुगमन एवं कारवाहीका हकमा स्थानीय सरकारलाई बढि सक्रिय बनाउने लगायतका पाँच सूत्रिय निर्णय गरिदै अनुगमन समितिको बैठक टुंगिएको थियो ।
रौतहट र सर्लाहीमा कसरी खोलाहरु दोहन भईरहेको छ ?
वागमती नदीलाई रौतहट र सर्लाहीका स्थानीय सरकारले दोहन गर्ने थलो बनाएको देखिदा यस पालिको बर्षा याममा दर्जनौं बस्तीहरु जोखिममा पर्ने सम्भावना बढेका छन् ।
वागमती नदीबाट खोला जन्य बस्तु निकाल्न स्थानीय तहले लगाएको ठेक्का बन्दोबस्त गरेर दर्जनौं स्थानहरुमा ठूलठूला मेशिनहरु प्रयोग गरी वागमती नदीमा खाल्डा खुल्डी बनाउदै भौतिक संरचनाहरुमा प्रतिकुल असर पर्ने गरी भईरहेका दोहन कार्यबाट तलतिरका दर्जनौं बस्तीहरु बाढिको समयमा सम्भावित जोखिमहरु बढ्दै गएका हुन् ।
रौतहटको चन्द्रपुर, वृन्दावन, गढीमाई, गुजरा, कटहरिया, फतुवा विजयपुर सर्लाहीका वरहथवा, बसवरिया, धनकौल लगायतका स्थानीय तहका क्षेत्रमा रहेका वागमती, लाल बकैया, धनसर, लगायतका विभिन्न नदीको दर्जनौ स्थानमा ठेक्केदारहरु ठूलाठूला एक्जाभेटर मेसिन र मोवाइल क्रसरको प्रयोग गराएर धमाधम उत्खनन कार्य जारी राखेको छ । उक्त गैरकानुनी कार्य गर्नमा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकारको साँठगाँठकै कारण उनीहरु माथि कारवाही हुन नसकेको स्थानीय बासिन्दाहरुले आरोप लगाउँछन् ।
गढिमाई नगरपालिकाले बोलपत्र आह्वान गरेपनि आन्तरिक मिलोमतोमा समनपुर देखि उत्तर दक्षिण सम्ममा चार पाँच स्थानमा पाँच सात वटा एक्जाभेटर मेसिनबाट बागमती नदीमा उत्खनन गरिरहेको छन् ।
युनिट मालामाल जिल्ला बेखवर
दैनिक रुपमा खोलाजन्य बस्तुहरुको उत्खनन एवं दोहन कार्य गराउने वापत स्थानीय युनिटहरुको साँठगाँठ रहेको बुझिएको छ । तर जिल्लाका प्रशासनिक निकायको साथै प्रमुख निकायहरु उक्त कार्यबाट बेखवर रहेको बताइएको छ ।
नदी उत्खनन गर्न आवश्यक सम्पूर्ण मापदण्ड र नीति नियमलाई उल्लंघन गर्दै आएपनि स्थानीय सरकार प्रमुख श्यामप्रसाद यादव मौन रहदा नदीको दोहन कार्यले तिव्रता पाएको आरोप स्थानीयले लगाए । जनप्रतिनिधिको मिलिभगतको कारण करोडौंमा लाग्ने ठेक्का अहिले कौडीको भाउमा लागेर आन्तरिक आम्दानी माथि गढीमाई नगरपालिकाको गिद्धे दृष्टि परेको हुँदा यस्तो अवस्था आएको यतिखेर गम्भीर आरोप लागेका छन् स्थानीय सरकार माथि ।
स्थानीय सरकार प्रमुखको सेटिंगमा दोहन
दुई भागमा लागेको ठेक्काको पुलदेखि उत्तर पृथ्वी निर्माण सेवा हर्दिया– ४ ले एक करोड पाँच लाखमा र पुलदेखि दक्षिण ९५ लाखमा सकार गरेको थियो । विगतका वर्षभन्दा निक्कै कम रकममा ठेक्का भएको तर पहिलेका वर्षहरू भन्दा निकै बढी नदीको दोहन हुँदा पनि सबै पक्ष मौन बसेका छन् ।
बागमती नदीमा बालुवा, गिटी, ग्रावेल, ढुंगा उत्खनन, प्रशोधन, भन्डारण तथा ओसारपसार गर्ने क्रशर माफियाको एकछत्र राज हुँदा पनि मोटो रकम लिएर स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन तै चुप मै चुप बनेर बसेको कारण अराजकता बढेको छन् ।
अबैध रुपमा खोलामै भण्डारण
चरम दोहन र मापदण्ड विपरित उत्खनन गरेर खोला किनारमै गिटी बालुवा र मिक्स ग्राभेलको भण्डारण गरिएको पाइएका छन् । अनाधिकृत रुपमा यस्ता कार्यहरु भईरहेपनि सम्बध निकाय एवं जिल्ला अनुगमन समितिबाट नियमित रुपमा अनुगमन निरीक्षण नहुँदा गोरखधन्धा गर्नेहरुको मनोवल बढ्दै गएको आरोप लाग्दै आएका छन् । जेठ मसान्त पछि तिन महिनाको लागि खोला नालाहरु बन्द हुने भएको हुँदा अहिले दिन रात नदीलाई व्यापक रुपमा दोहन गरेर भण्डारण गरिने कार्य धमाधम जारी रहेको छ । समनपुर, हरैया, रमौली, वागमती, धनसर, फतुवा विजयपुर, कटहरिया, सन्तपुर दोस्तिया लगायतका स्थानहरुमा अनाधिकृत रुपमा भण्डारणको कार्य जारी रहेको पाइएका छन् । त्यती मात्रै नभई चुरे क्षेत्रबाट बोल्डर संकलनको कार्य जारी रहेपनि वन कार्यालय र स्थानीय सरकार मौन बसेको हुँदा यस्ता अनाधिकृत गैरकानुनी कार्यहरुले रौतहटमा प्रश्रय पाएको बताइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।