72
Shares
रौतहट, ८ जेठ । सीमापारी भारतीय बजारबाट चोर नाका भएर भित्रयाइएका नेपालमा प्रतिबन्ध रहेका भारतीय बोइलर कुखुरालाई रौतहट प्रहरीले बरामद गरेर नष्ट गरेका छन् ।
परोहा नगरपालिका वडा नम्वर ८ स्थित सिमा क्षेत्र भएर भारतीय बजारबाट किनेर मोटरसाइकलमा राखेर नेपालमा भित्रयाइएका प्रतिबन्धित बोइलर कुखुरा लिएर आउदै गरेको अवस्थामा गस्तीमा रहेका प्रहरीलाई देखेपछि कुखुरा फालेर भागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
बेवारिसे अवस्थामा बरामद गरिएका ८० पिस भारतीय कुखुराको अन्दाजी मूल्य ७५ हजार रहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले उक्त बोइलर कुखुरालाई स्थानीय भद्रभलादमीको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन