सर्लाही, ८ जेठ । सर्लाही जिल्लाको विभिन्न पालिकामा अबैध रुपमा संचालनमा रहेका मदिरा भठ्ठीहरुलाई सर्लाही प्रहरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाले जारी गरेको सूचनामा मातहतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरी टोलीले मधुवन गोठ र गोडैता नगरपालिकामा अबैध रुपमा संचालनमा रहेका मदिरा भठ्ठीहरुबाट समाजमा परिरहेको नकारात्मक प्रभावलाई समाप्त पर्ने उद्देश्यबाट तोडफोड गर्दै नष्ट गरिएको हो ।
सर्लाही बिष्णु गाउँपालिका वडा नम्वर ३ स्थित विभिन्न स्थानको बासघारीमा प्रहरी चौकी मधुवन गोठबाट खटि गएको प्रहरी टोलीले अवैध रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी, भट्टीमा रहेको रक्सी बनाउने कच्चा पदार्थ करिव ७ हजार लीटर, भाडा कुडा र रक्सी बनाउने मेशिनहरु गरेर ९० हजार मूल्य बराबरको मदिरा भठ्ठीलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
यसैगरी गोडैता नगरपालिका वडा नम्वर २, वडा नम्वर ६ बगदह, वडा नम्वर ९ खकैनिया र वडा नम्वर ११ सिसौटिया टोलमा अबैध मदिरा भठ्ठी संचालनमा रहेको प्राप्त सुचनाका आधारमा इलाका प्रहरी कार्यालय गोडैताबाट खटिएका प्रहरी टोलीले मदिरा बनाउने कच्चा पदार्थ एक हजार लिटर, तयारी मदिरा ३०० लीटर, मेशिन ३ थान, ड्रम ५ थान र भाडाहरु समेत गरी ८० हजार मूल्य बराबरको नष्ट गरिएको उनले भने ।
सर्लाही जिल्लालाई शान्तिपूर्ण बनाउन यस्ता अबैध भठ्ठीहरुलाई नष्ट गर्नुको विकल्प नरहेको प्रवक्ता श्रेष्ठले बताए ।

सर्लाही जिल्लाको विष्णु गाउपालिका र गोडैता नगरपालिकाको विभिन्न स्थानमा अबैध रुपमा संचालित मदिरा भठ्ठीहरु तोडफोड गर्दै नेपाल प्रहरी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन