हैदराबादलाई हराउदै आइपीएलको फाइनलमा पुगे कोलकात्ता

61 Shares
अहमदाबाद, ९ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्सले फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार राति सम्पन्न भएको खेलमा कोलकात्ताले हैदराबादलाई ८ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
हैदराबादले नाइट राइडर्स समक्ष प्रस्तुत गरेको १ सय ६० रनको मध्यम लक्ष्यलाई कोलकात्ताले १३.४ ओभरमा पुरा दुई बिकेट गमाएर विजयी लक्ष्य पुरा गरे । बेंकटेश ऐयर र श्रेयस ऐयरले अर्धशतकीय पारी खेल्दै आफनो टोलीलाई जित दिलाए ।
कप्तान श्रेयसले मात्र २४ बलमा ५८ रन जोडे । उनले यस क्रममा ५ चौका र ४ छक्का हिर्काए ।  त्यस्तै, वेंकटेशले २८ बलमा ५१ रन बनाए । उनले पनि ५ चौका र ४ छक्का प्रहार गरे । रहमानुल्लाह गुरबाजले २३ रन तथा सुनिल नरेनले २१ रनको योगदान दिए । हैदराबादका लागि प्याट कमिन्स र टी नटराजनले एक–एक विकेट हात पारे ।
यसअघि मिचेल स्टार्क र वरुन चक्रवर्तीको घातक बलिङसामु हैदराबाद १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन बनाउन सके । स्टार्कले ३ तथा चक्रवर्तीले २ विकेट लिए ।
हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाए । हेनरिच क्लासनले ३२ रन, कप्तान कमिन्सले ३० रन तथा अब्दुल सामदले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।
हारका बाबजुद हैदराबादले फाइनलमा जानका लागि अर्को मौका प्राप्त गर्नेछ । आज हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिचको विजेतासँग  दोस्रो क्वालिफायरमा हैदराबाद खेल्ने मौका पाउने छ । उक्त म्याचको विजेता संग आईपीएलको फाइनल खेल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।