अनुगमन समिति निष्कृष्य, सुरक्षाकर्मी सक्रिय

63 Shares

रौतहटमा नदी उत्खनन तिब्र, जिल्ला अनुगमन समिति सुस्त, नदी माफिया मस्त, सुरक्षाकर्मी सक्रिय

रौतहट, ९ जेठ । स्थानीय सरकार प्रमुखको संरक्षणमा मापदण्ड विपरित रौतहटको नदीखोला दोहन जारी रहेपनि जिल्ला अनुगमन समिति निष्कृय रहेको पाइएका छन् ।
जिल्लाको बागमती, लालबकैया, चाँदी, हर्दिया, धनसर लगायतको नदी खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्नका लागि लगाइएको ठेक्का प्रक्रिया नै मिचिएर स्थानीय सरकार प्रमुख सहितका पदाधिकारीहरुको मिलोमतोमा लगाइएपछि नदि उत्खनन गर्ने माफियाहरु यतिखेर रौतहटमा सक्रिय रहेका हुन् ।
नदी उत्खनन गर्न त्रुटिपूर्ण प्रक्रियालाई अगाडी बढाएर मिलोमतोमा ठेक्का लगाएर चै चुप मैं चुप भने अभियानमा लागेको कारण यहाँको नदी दोहन क्रमिक रुपमा जारी रहेका छन् ।
तराई टप सहित विभिन्न समाचार माध्यमहरुमा समाचार प्रकाशित भएपछि जेठ ३ गते जिल्ला अनुगमन समितिको बैठक बसेर नदी दोहन गर्ने कार्यलाई निरुत्साहित गर्दै त्यस्ता कार्य गर्ने विरुद्ध कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाइएपनि कागजमै सिमित भए । अहिले सम्म खोलाको अनुगमन किन गरिन ? कतै आर्थिक चलखेलको शिकार त जिल्ला अनुगमन समिति बनेको त होइन ? यतिखेर प्रश्न उठिरहेको छ ।
अनुगमन समितिका प्रमुख चुप लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय भएर अनियमित कार्य गर्ने एक्जाभेटर सहित टिपरलाई समातेर कारवाहीको लागि स्थानीय तहलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गुजरा नगरपालिका वडा नम्वर ४ लाल बकैया खोलाबाट अबैध रुपमा बालुवा गिट्टी उत्खनन गर्ने तिन वटा ट्रेक्टरलाई नियन्त्रणमा लिएर गुजरा नगरपालिकामा कारवाहीको लागि पठाएको प्रहरीले जानकारी दिए ।
यस्तै जेठ ३ गते सशस्त्र प्रहरीले गढीमाई नगरपालिकाको समनपुर स्थित बागमती नदीको पुल छेउमै उत्खनन गरिरहेको अवस्थामा पाँच वटा एक्जाभेटरलाई नियन्त्रणमा लिई कारवाहीको लागि गढिमाई नगरपालिकामा एक्जाभेटरको साँचो बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटबाट बुझिएको छ ।
सशस्त्र प्रहरीले एक्जाभेटरको साँचो बुझाएको केही समयमै विना कारवाहीको साँचो सम्बन्धित व्यत्तिलाई बुझाइएको नगरपालिका श्रोतबाट बुझिएको छ । श्रोतका अनुसार स्थानीय सरकार प्रमुख सहितका पदाधिकारीहरु नदी उत्खनन कार्यमा संलग्न रहेको हुँदा मापदण्ड विपरित, जथाभावी रुपमा उत्खनन भईरहदा जिल्ला स्थित सम्बध निकायहरु समेत चुप लागेको कारण बर्षा याममा तल दक्षिणी भेगका बस्तीहरु जोखिममा पर्ने निश्चित रहेको गम्भीर आरोप लगाए ।
यस विषयमा जिल्ला समन्वय समितिका सभापति एवं जिल्ला अनुगमन समितिका संयोजक रामअयोध्या यादवले कंयौं पटक अनुगमन गर्न भनिरहदा पनि यसमा सदस्य रहेकाहरु जान नसकेको कारण नदि उत्खनन कार्य तिव्र रहेको छ । मापदण्ड निर्धारण भएपनि आफूलाई कसैले नटेरेको दुखेसो पोखे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।