40
Shares
सर्लाही, ११ जेठ । सर्लाहीको लालबन्दी नगरपालिकाबाट लागुऔषध गाँजा सहित एक जना पैदल यात्रीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाले जारी गरेको सूचनामा लालबन्दी नगरपालिका वडा नम्वर ७ मरिनचोक स्थित बाटोमा ब्याग बोकेर पैदल हिडिरहेका सोही नगरपालिका वडा नम्वर १४ का २५ बर्षिय मनबहादुर रुम्बालाई २ किलो ८ सय ग्राम लागु औषध गाँजा सहित विहिवार दिउसो नियनत्रणमा लिइएको जनाइएका हुन् ।
लागुऔषध गाँजा सहित नियन्त्रणमा लिइएका रुम्बालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान तथा लागुऔषध ओसारपसार कसुरमा मुद्दा चलाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन