१९ जना प्रहरी कर्मचारी विरुद्ध प्रहरी प्रधान कार्यालयको सात दिने उर्दी जारी

38 Shares
रौतहट, ११ जेठ । विना जानकारी आफूखुशी कार्यालय छाडी हिडेका १९ जना प्रहरी कर्मचारीलाई सात दिन भित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालले उर्दी जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरेको पत्रमा भनिएको छ,  दुई महिना भन्दा बढी समय देखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका बरिष्ठ सई देखि विभिन्न दर्जाका प्रहरी कर्मचारीहरूलाई एक साता भित्र चित्तबुझदो स्पष्टीकरण सहित सम्पर्कमा आउन भनेको हो ।
गैरहाजिर रहेकाहरुको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी उनीहरुको घरमा सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाइएको छ ।
प्राविधिक प्रहरी नायब निरीक्षक अन्जन सिंखडा, प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने, प्रहरी हवलदारहरू कमल रोका मगर देवेन्द्र डिसी, यौनी कुमार मण्डल गत चैतदेखि कार्यालयमा गैरहाजिर रहेका छन् । यस्तै प्रहरी जवानहरुमा शिव श्रेष्ठ, शिव कुमार चलाउने, रूपक केसी, विरेन्द्र सिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कुल बहादुर सारू थापा, कल्याण जिसी माधव थापा र  रमिता खत्री प्रहरी प्रधान कार्यालयले जनाएका हुन् ।
उनीहरुलाई बाटोको म्याद हद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।