चेन्नइ, एजेन्सी । आईपीएलको दोश्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउदै सनराइजर्स हैदराबाद फाइनलमा परेका गरेका छन् ।
भोली आईतवार आईपीएलको १७ औं सिजनको फाइनलमा हैदराबादले कोलकत्ता नाइट राइडर्स संग सामना गर्ने भएका हुन् ।
शुक्रबार राति भएको खेलमा हैदराबाद राजस्थान रोयल्र्सलाई ३६ रनले हराउदै फाइनलको यात्रा तय गरेको छ ।
जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रनमा सिमित भए । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन सकेनन् । ओपनर यशस्वी जैसवालले २१ बलमा ४२ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।
यता हैदराबादका शहबाज अहमदले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र २३ रन खर्चेर ३ विकेट लिए । उनलाई अभिषेक शर्माले २ विकेट लिँदै साथ दिए । कप्तान प्याट कमिन्स र टी नटराजनले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले हेनरिच क्लासनको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । उनले ३४ बलमा ४ छक्काको मद्दतले ५० रन बनाए ।
राहुल त्रिपाठीले १५ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले भने ओपनर ट्राभिस हेडले २८ बलमा ३४ रनको योगदान दिए । शहबाज अहमदले १८ रन जोडे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन