प्रचण्ड घाम संगै चिलचिलाउदो गर्मीबाट जनजीवन बेहाल, स्कूले बालबालिकाहरु मुर्छा पर्दै

107 Shares

अत्याधिक गर्मीको कारण वृन्दावन गनरपालिका वडा नम्वर ८ स्थित श्री रुपा नेपाली पाल मावीमा सोमवार विहान मुर्छित भएकी बालिकालाई पानी छर्दै ।

रौतहट, १४ जेठ । जेठ महिनाको प्रचण्ड घाम संगै चिलचिलाउदो गर्मीको कारण विद्यालयमा अध्ययन गर्ने स साना बालबालिकाहरु मुर्छा पर्न थालेका छन् ।
रौतहटको वृन्दावन नगरपालिका वडा नम्वर ७ स्थित सखुअवा धमौरा गाउँमा रहका श्री रुपा नेपाली पाल माध्यमिक विद्यालयमा सोमवार विहान अत्याधिक गर्मीबाट एक बालिका मुर्छा परेका हुन् ।
वृन्दावन नगरपालिकाको नगरप्रमुख विनोद प्रसाद पटेल संग बास्तविक्ता बुझ्दा ति बालिकालाई छारे रोगको कारण मुर्छा परेको बताए । अत्याधिक गर्मीमा छारे रोगबाट ग्रसित रहेका विरामीहरु मुर्छा पर्ने गरेको उनले भने ।
विहान सुर्योदय हुना साथ झुल्कीने प्रचण्ड घाम संगै चिलचिलउदो गर्मीको कारण रौतहट जिल्लाको सामान्य जनजीवन प्रभाबित बनेका छन् । अत्याधिक गर्मीले गर्दा सर्वसाधारण जनताहरु काम विशेषले घरबाहिर निस्कन छाडेको छ । सरकारी कार्यालयमा काम गराउने सेवाग्राहीहरु निकै पातिलिएको छ । बजार क्षेत्रमा सुर्यास्त पछि चहलपहल हुने गरेका छन् ।
विगत तिनचार दिन देखि निरन्तर रुपमा ४० डिग्री तथा सोको आसपास तापमान रहदा आम मानिसको जनजीवन नराम्ररी प्रभावित हुँदै गएका हुन् । हिजो बौधीमाई नगरपालिका वडा नम्वर ८ सरमुजवाका ५५ बर्षिय जयमंगल यादव गर्मीबाट लतपटिएर देवाही गोनाही मौलापुरलाई जोड्ने लाल बकैया पुलमा एक छिन थकाई मार्दा त्यही ढलेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई रौतहटको अनुरोध


शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रौतहटका प्रमुख रामविनय कुमार सिंहले जिल्लाको १८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई बर्षे विदाबाट कट्टा गरेर अहिले बालबालिकालाई सुरक्षित राख्न सर्कुलर जारी गरेका छन् ।
इकाइ प्रमुख सिंहद्धारा हस्ताक्षरित परिपत्रमा केही दिन देखि बढेको अत्याधिक गर्मीको कारण विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु मुर्छा पर्ने तथा अन्य लक्ष्णहरुले ग्रसित भईरहेको हुँदा बर्षे विदाबाट कट्टा हुने गरी विद्यालयमा अध्ययन अध्यापनको व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
इशनाथ र गरुडाले तिन दिन विद्यालय बन्द गर्ने सूचना जारी गरे

चर्को घाम संगै चिलचिलाउदो गर्मीबाट विद्यार्थीहरुलाई जोगाउन रौतहट इशनाथ, गरुडा नगरपालिकाले जेठ १६ गते देखि १८ गते सम्म तिन दिनको लागि विदा दिएको पत्र मातहतका विद्यालयहरुलाई पठाएका सम्बध पालिकाको प्रमुख प्रशासकीय अधिकृतहरुद्धारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ । भोली अर्थात जेठ १५ गते गणतन्त्र दिवश भएको विदा रहेको हुँदा १६ गते देखि तिन दिन विद्यालय बन्द गरिएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।