49
Shares
सर्लाही, १४ जेठ । सर्लाहीको चोर नाका प्रयोग गरेर भारत तर्फ तस्करीको माध्यमबाट गाई लैजादै गर्दा प्रहरीले पिकपअ भ्यान सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, लालबन्दी नगरपालिका वडा नम्वर ११ स्थित मधेश प्रदेश ०३–००१ च ७४५४ नम्वरको पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्दा अबैध रुपमा भारत तर्फ लैजादै गरेका सात वटा गाई सहित पिकअप भ्यानलाई नियन्त्रणमा लिएको हो ।
पिकपअ चालक हेमन्त ढुंङ्गेल र सहचालक ईशराफुल मियालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा सीमापारी तर्फ लैजान लागेको स्वीकार गरेको बताउदै सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले पिकपअ सहित अन्दाजी मूल्य ५ लाख ५६ हजार मूल्याँकन गरेर आवश्यक कारवाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाएको जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन