कलैया, १६ जेठ । लाखौं नेपाली नक्कली नोट सहित चार जनालाई पक्राउ गरेर वारा प्रहरीले बुधवार सार्वजनिक गरेका छन् ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्वर ९ कचोर्वा स्थित सानो बसबरियाबाट प्रहरीले विशेष सुचनाको आधारमा तिन दिन अघि छापा मारेर लाखौं नक्कली नोट सहित एक भारतीय सहित चार जनालाई पक्राउ गरेर आज सार्वजनिक वारा प्रहरीले गरेका हुन् ।
कोल्हवी नगरपालिका वडा नम्वर ६ का २५ वर्षीय राजन चौधरी, वडा नम्वर ५ का १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका वडा नम्वर १ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार, मोतिहारी जिल्ला झरौखर थाना कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलमलाई १३ लाख १६ हजार नेपाली नक्कली नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
उनीहरुको साथबाट ना. ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एउटा साइकल गरिएको जानकारी दिदै डिएसपी न्यौपानले उनीहरु विरुद्ध नक्कली नोट ओसारपसार कसुरमा म्याद थप गरेर कारवाही चलाइएको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन