रौतहट, १७ जेठ । रौतहट र सर्लाही जिल्लाको सीमावर्ती नाकाहरुबाट तस्करी जारी रहेको प्रहरीले बरामद गरेको भन्सार छलीको मालसामानले पुष्टि गरेको छ ।
इशनाथ परोहा नगरपालिकाको सीमावर्ती क्षेत्रको चोर नाकाबाट भित्रयाइएका १४ कार्टुन कुखुराको चल्ला अस्थायी प्रहरी पोष्ट बमनहर रौतहटले राजपुर नपा २ बाट नियन्त्रणमा लिएको हो ।

नेपालमा प्रतिबन्ध रहेको भारतीय पशुपंक्षी अबैध रुपमा भित्रयाएर ग्रामिण भेगका पोल्ट्रि फार्ममा लैजान लागेको अवस्थामा प्रहरी १४ कार्टुन कुखुराको चल्ला बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीलाई हेर्ने वित्तिकै कुखुराको चल्ला ल्याउनेहरु कार्टुन छाडेर भागेपछि बेवारिसे अवस्थामा बरामद गरेको बताइएको छ ।

यसैगरी सर्लाहीको भारत संग जोडिएका विभिन्न चोर नाकाहरु भएर राजस्व छलेर नेपाल भित्रयाइएका रासायनिक मल, लत्ताकपाड, किराना सामानहरु, पेय पदार्थ, स्टेशनरी र कष्मेटिक सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यायल सर्लाहीले जनाएका छन् ।
राजस्व छलेर भित्रयाइएका सामानहरु संगै अन्दाजी ५ लाख ४१ हजार ३ सय मूल्य बराबरको मालसामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
युनिटहरुको साँठगाँठमा तस्करी जारी
स्मरणीय छ, रौतहट र सर्लाही जिल्लाको भारत संग जोडिएका सीमानाकामा प्रहरी पोष्ट वा विओपीको संलग्नतामा अबैध रुपमा राजस्व छलीका सामानहरुको तस्करी जारी रहेका छन् । जिल्ला प्रमुखले कडाई गर्न निर्देशन दिदै आएपनि युनिट इन्चार्जहरु दोब्बर तेब्बर रकम लिएर मालसामानहरु निर्वाध रुपमा भित्रयाउनमा सघाईरहेको श्रोतले बताउछन् ।
सर्लाहीको त्रिभुवननगर, गोरखकाली, सिमरा, फेनहरा, बाराउधोरण, बहादुरपुर वेलवा, अर्नाहा, बलरा, छनकी क्षेत्रमा तैनाथ रहेका नेपाल प्रहरीको युनिट तथा सशस्त्र प्रहरीको विओपीको साँठ गाँठमा तस्करी निर्वाध रुपमा जारी रहेको श्रोतले बतायो ।
यस्तै रौतहटको लक्ष्मिपुर बेलविछवा, महादेवपटी, बन्जरहा, औरैया, मठिया, लतमरी, बंकुल सहितका स्थानमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको साँठगाँठमा भन्सार छलीका सामानहरु नेपालमा भित्रिने गरेका छन् । भित्र तिरका युनिटहरुले समातेर भन्सारमा बुझाउने गरिएको श्रोतले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन