49
Shares
सर्लाही, १८ जेठ । अदालतबाट दोषि ठहर भई फरार रहेका दुई जना प्रतिबादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करण मुद्दा र ज्यान मार्ने उद्योगमा अदालतबाट दोषि ठहर भई फैसला भएका दुई प्रतिवादी फरार रहेकालाई सर्लाही प्रहरीले विभिन्न सूचनाको आधारमा पक्राउ गरेर फैसला कार्यान्वयन गराउन अदालत समक्ष पेश गरेको हो ।
सर्लाहीको कविलासी नगरपालिका ८ का दिनेश मण्डल धानुकलाई जबरजस्ती करणी र रामनगर गापा २ धुर्वाका रामबाबु रायलाई ज्यान मार्ने उद्योग अन्तर्गतको कसुरमा फरार रहेको हुँदा दुबै जनालाई पक्राउ गरेर मलंगवा अदालत समक्ष बुझाएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन