रौतहट, १८ जेठ । विहिवार अबेर साँझ आएको आँधीवेरीले रौतहटको उत्तरी क्षेत्र चन्द्रपुर नगरपालिकामा ठूलो क्षति पुर्याएका छन् ।
किसानहरुले लगाएको केरा, तरकारी खेती, मकै, फलफुल लगायतका कृषिका बालीनालीहरु लाखौंको क्षति भएको चन्द्रपुर नगरपालिकाको कृषि शाखाले जनाएका हुन् । आँधीवेरीले चन्द्रपुर नपाको गैडाटारमा किसानले लगाएको केरा खेता, तल्लो भेगमा रहेका मकै, फलफुल, तरकारी लगायतको बालीनालीमा क्षति हुँदा लाखौंको क्षति भएको बताइएको छ ।
यसैगरी ठूलो आँधीवेरीले चन्द्रपुर नगरपालिकामा दर्जनौ बिजुलीको पोलहरु ढलेर क्षति भएको बताइएको छ । हावाहुरीसँगै परेको पानीले बिजुलीको पोलमा क्षति पुग्दा चन्द्रपुर नपा आसपासको क्षेत्रमा बिद्युत अवरुद्ध भएको छ ।
हावाहुरीले बिजुलीको पोलमा क्षति पुग्दा चन्द्रपुर नगरपालिको क्षेत्र लगायतका स्थानमा अहिले सम्म पूर्ण रुपमा विद्युत सेवा संचालनमा आउन सकेको छन् । आंशिक रुपमा सुचारु भएपनि दर्जनौं पोलहरु ढलेर क्षति भएको हुँदा मर्मत कार्य एवं नयाँ पोल गाडिने कार्य भईरहदा पूर्ण रुपमा विद्युत सेवा प्रवाह गर्न केही समय लाग्ने नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादबले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट