रौतहट, २० जेठ । नेपालमा तीन वायुको कारण मौसममा आंशिक प्रभाव परेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु, पश्चिमी वायु र भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम वंगालको खाडी सम्म फैलिएको न्यून चापीय प्रणालीको कारण मौसममा प्रतिकुल असर परेका हुन् ।
आज आइतवार देशभरी आंशिक देखि साधारतया बदली लाग्ने सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस वर्षको मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको छ । नेपालको पूर्वी भू–भागमा मनसुन भित्रिनको लागि अझै केही दिन समय लाग्ने देखिन्छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट