न्युयोर्क, एजेन्सी । टी–२० विश्वकप अन्तर्गत समूह डी को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको छ ।
७८ रनको सानो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा उक्त लक्ष्य भेटाउन ४ विकेट गुमाउनु परेको थियो । दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले नटआउट रहँदै १९ रन, ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन जोडे ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका दक्षिण अफ्रिकाका बलरसामु निरीह बनेको थियो । १९.१ ओभरमा टोली ७७ रनमा सीमित बनेको थियो । जुन श्रीलंकाको लागि विश्वकपमा सबै भन्दा कम रन स्कोर बने ।
श्रीलंकाको इनिङ्सलाई ध्वस्त बनाउन एनरिज नोर्टजेले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा मात्र ७ रन खर्चिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले २–२ विकेट हात पारे । श्रीलंकाका लागि कुशल मेन्डिसले ३० बलमा सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन जोडे । कामिन्डु मेन्डिसले १५ बलमा ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन