रौतहट, २२ जेठ । श्रीलंकन नागरिकलाई बन्धक बनाएको आरोपमा पक्राउ परेका चार जना पाकिस्तानी नागरिक विरुद्ध संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएका छन् ।
तीन जना श्रीलंकन नागरिकलाई क्यानडा पठाइदिन्छु भन्दै भियतनाम , भारत हुँदै काठमाडौंको ठमेल स्थित होटलमा बन्धक बनाएर राखेको आरोपमा गत चैत २२ गते पक्राउ परेका ४ जना पाकिस्तानी नागरिकविरुद्ध संगठित अपराधको कसुरमा समेत मुद्दा दर्ता गरिएका हुन् ।
अपहरण तथा शरीर बन्धक गरेर संगठित अपराध गरेको कसुरमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोही ठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह विरुद्ध जिल्ला अदालत, काठमाडौंमा सोमबार मुद्दा दर्ता गरियो ।
बन्धक बनाउने कार्यमा संलग्न पाकिस्तानी नागरिक मुरताजा असगर अली, श्रीलंकन नागरिक मोहमदु मुसरिफ र भारतीय नागरिक नितिनकुमार शर्मा भने फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंंले पेस गरेको रायसहितको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरूलाई फरार प्रतिवादीको सूचीमा राखेर मुद्दा दर्ता गराइएको छ ।
श्रीलंकन नागरिकलाई ठमेलस्थित सिस्टर होममा राखेर बन्धक बनाएको सूचना पाएपछि गत चैत २२ गते जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएर पीडितहरूलाई उद्धार गरेर बन्धकमुक्त गराएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन