रौतहट, २२ जेठ । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले चुरे क्षेत्रको अबैध दोहनले गर्दा तराई मधेशमा खानेपानीको हाहाकार मचेकोे छ ।
अनाधिकृत रुपमा चुरे क्षेत्रमा दोहन गराएर प्रकृति सम्पदा संग खेलवाड गराईरहेका सरकारमा सहभागी भएका दलका नेताहरुले क्षति स्वार्थमा लिप्त भएका कारण तराई मधेशका जिल्लाहरुमा खानेपानीको चरम संकट उत्पन्न भएको बताए ।
मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले चुरे क्षेत्रको वन फडानी भएको, जंगली जनावर समेत नरहने अवस्था आएको र पर्यावरणमा समस्या उत्पन्न भएको बताए ।
‘तराई मधेशमा पानीको हाहाकार छ, यसको कारण चुरे क्षेत्रमा भईरहेको अबैध दोहन, अवैध उत्खनन् हो’ उनले बताउदै ‘चुरे क्षेत्रलाई संरक्षणको जिम्मेवारी पाएकाहरु नै दोहनमा संलग्न रहेका छन् । स्थानीय तहका जनप्रतिनिधिसमेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।’
स्थानीय जनप्रतिनिधि, सांसदहरु नै चुरे दोहनमा संलग्न रहेको र यस्तो प्रवृतिको संरक्षण प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूबाट भइराखेको उनले आरोप लगाए । कुनै न कुनै ढंगले प्रमुख पार्टीका प्रमुख नेताहरू यसमा संलग्न छन् । किनभने टिकट दिने, उम्मेदवार बनाउने काम नेताहरूले छानीछानी गरेका छन् । म सोध्न चाहन्छु– त्यसबाट तपाईंहरूलाई कति हिस्सा आउँछ ?’ साहले प्रश्न गरे । चुरे क्षेत्रमा भईरहेको अबैध दोहनबाट उत्पन्न भएका असहज परिस्थितिलाई नियन्त्रण गर्ने हेतु संसदीय छानविन समिति गठन गर्नुपर्ने नितान्त आवश्यक रहेको अध्यक्ष साहले माग गरे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट