सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका सम्बन्धी कार्यक्रम दुर्गा भगवतीमा सम्पन्न

64 Shares

चञ्चल झा
रौतहट, २५ जेठ । उपमहा लेखा परिक्षक पदम बहादुर पौडेलले विश्व आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा नेपालमा पनि त्यसको प्रतिकुल असर परेको हुँदा पाएका दायित्वलाई समयमै निर्वाह गरेर राज्यको उद्देश्यलाई पुरा गराउने तर्फ लाग्नु पर्ने बताए ।


तराई विकास तथा सञ्चार केन्द्र काठमाडौंद्धारा जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा तथा दुर्गा भगवती गाउँपालिकाको सहयोगमा शुक्रवार दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित “सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका” विषयक कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
उपमहा लेखा परिक्षक पौडेलले हाम्रो देश सानो भएको हुँदा यहाँका स्थानीय तह प्रतिको नकारात्मक सन्देशहरु बढि प्रवाह भएको कारण विकृति एवं वितृष्णा बढेको चर्चा गर्दै स्थानीय तहमा अधिकाँश कार्यहरु राम्रा पनि हुन्छ त्यसलाई बढि प्रमोट गरेर प्रचार प्रसारमा ल्याउनुपर्नेमा जोड दिए ।
मुलुकमा अहिले ११ खर्ब बेरुजु रहेको छ । नेपालको बजेट बराबरको बेरुजु रहदा त्यसलाई समयमै फर्छयौंट गराएर फरफारक गर्नुपर्ने तर त्यसो हुन सकेको छैनन् । ७५३ स्थानीय तह मध्ये ७४८ स्थानीय तहमा ३१ अर्ब रकम बेरुजु रहेको बताउदै यस्ता बेरुजु रकमहरु अधिकाँश व्यवहारीक रुपमा रहेको हुँदा सुधारको अति आवश्यक रहेको उनले स्पष्ट पारे ।
४८ स्थानीय तह यस्तो पनि रहेको छ जसले बार्षिक बजेट ऐन कानुन पारित नगरेपनि बजेट चलाउदै गरेको हुँदा यस्तो बेथिती कहिले सम्म चल्ला ? उनले कुनै न कुनै समयमा सुधार आउँछ नै, आज बाट किन नसुधार गर्ने, यस्ता वेरुजु रकम, राज्यले दिएको अधिकार भन्दा बाहिर गएर रकम खर्च गर्ने परिपाटी अन्त्य गरी जनताबाट निर्वाचित भएर आउनु भएको जनप्रतिनिधिहरु बढि उत्तरदायी भएर जनता प्रति समर्पित हुनुपर्नेमा जोड दिए ।
त्यती मात्रै नभई २८० स्थानीय तहले विगत आर्थिक बर्षका बक्यौंता रकम दिएर चालु आर्थिक बर्षको बजेट सकाएकोमा त्यस्ता स्थानीय तहहरुमा कसरी विकास निर्माण लगायत तलव भत्ता एवं जनताहरुलाई सेवा प्रवाह गर्नमा निकै चुनौती रहेको बताए ।
उपमहा लेखापरिक्षक पौडेलले मधेश प्रदेशमा मात्रै ६५ अबै रुपैया बेरुजु रहेकोमा चिन्ता व्यक्त गर्दै नियम कानुनको परिधीलाई टेकेर अघि बढ्नुपर्ने अन्यथा राज्यको निगरानी गर्ने निकायहरु स्वतः सक्रिय भई कानुनी दायरामा ल्याउन सक्छ त्यसै हुनाले आर्थिक कारोवारमा पार्दर्शिता अपनाउनु नितान्त आवश्यक रहेको बताए ।
४० हजार दरबन्दी भएका स्थानीय तहहरुमा हाल १४ हजार पद रिक्त रहेको चर्चा गर्दै उनले अधिकाँशमा करार कर्मचारीकै भरमा स्थानीय तहबाट सेवा प्रवाह गर्दा जनचाहना अनुरुप प्रभावकारी हुन नसकेको हुँदा स्थानीय सरकार प्रमुखहरु जिम्मेवारीका साथ सक्रिय भएर चनाखो हुनुपर्ने उनले बताए ।


सो कार्यक्रममा गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले स्थानीय तहमा काम गर्ने कर्मचारीहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भय व्याप्त रहेको हुँदा समयमा काम गराउन यहाँ निकै चुनौतीपूर्ण रहेको बताए । अनावश्यक रुपमा उजुरी गर्ने परिपाटीबाट विकास निर्माणको कार्यमा शिथिलता आएको गुनासो गरे ।


सोही कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका उपसचिव सुरेन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यद्धारा प्रदत गरिएका हक अधिकारको सहि रुपमा प्रयोग गरेर आम सेवाग्राहीलाई निष्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । गलत गर्नेलाई निरुत्साहित गर्ने निकायहरु छदैछन् तर पाएको जिम्मेवारीलाई सहि रुपमा बहन गर्दा उजुरीबाट केही फरक नपर्ने स्पष्ट पारे ।

दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भुकुमार सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गरुडा नगरपालिकाको नगरप्रमुख कन्ठमुणी प्रसाद जयसवाल, संचारकर्मी प्रभातकुमार झा अहिलेको सम समायिक विषयमा प्रकाश पार्दै स्थानीय तहले गर्नुपर्ने प्रभावकारी भुमिका क्रमिक रुपमा सुधारोन्मुख रहेको र त्यसलाई निरन्तरता दिन समय समयमा अनुगमन निरीक्षण गरेर सकारात्मक सुझाव दिदा परिवर्तन हुनेछ ।
दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, लगायतका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले आ आफना सुझाव एवं कामको शिलशिलामा आईपर्ने अप्ठ्यारा अवस्था सम्बन्धी जाकारी उक्त कार्यक्रममा राखेको तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद चौलागाई जानकारी गराए ।

सो कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको उपाध्यक्ष शिला देवी, वडा नम्वर २ का अध्यक्ष सुरेश चौधरी, वडा नम्वर ३ का अध्यक्ष धर्मेन्द्र झा (डिके), वडा नम्वर ४ का अध्यक्ष रामानन्द यादव, वडा नम्वर ५ का अध्यक्ष धर्मनाथ चौधरी सहित गाउँपालिकाको कर्मचारीहरुको साथै राजदेवी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, इशनाथको प्रमुख प्रशासकीय अधिकृत रबीन्द्र झा, बौधीमाईको प्रमुख प्रशासकीय अधिकृत प्रमोद यादव, कटहरियाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, अधिकृत देवनाथ यादव, सहित नेपाल प्रहरीका एसपी दिलिप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई लगायतका सुरक्षा निकायका प्रतिनिधि सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी भएका विभिन्न क्षेत्रका व्यतित्वहरुको फोटो फिचर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।