जनकपुर, २५ जेठ । मधेश प्रदेश सरकारको बागडोर सम्हाल्ने वित्तिकै ९ बुंदे निर्णय गर्दै मुख्यमन्त्री सतिश सिंहले सबैको ध्यानाकर्षण गराएका छन् ।
मधेश प्रदेश सरकारको बागडोर (कमाण्ड) जनमत पार्टीको काँधमा परेपछि मुख्यमन्त्रीको रुपमा सिंहले पदभार ग्रहण गर्दै ९ वटा निर्णय गरेका हुन् ।
कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरे । मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकामा उत्कृष्ट नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका छन् ।
मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा १÷१ वटा खुला शैक्षिक पार्क तयार गर्ने, मधेश प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापन पर्ने निर्णय गरे ।
वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगार सँग जोडेर कार्यक्रम लागू गर्ने निर्णय गरियो । मधेशमा रहेको चरम भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको मुख्य मन्त्री सिंहले बताए ।
मुख्यमन्त्री बन्दै गरिएको उक्त निर्णय कार्यान्वयन हुन्छ कि हुँदैन आउदो समयले देखाउला तर गरिएको निर्णयबाट मधेश प्रदेशका जनताहरु उत्साहित भएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट