रौतहट, २८ जेठ । जनताहरुको आधारभुत आवश्यक्तालाई पुरा गराउने प्रतिबद्धता जनाएकी मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहले सराहनिय काम गरेकी छिन् ।
चुनावको समयमा नगरवासी संग “फ्री बिजुली, फ्री पानी” गरिएका प्रतिबद्धतालाई पुरा गराउने अभियानमा नगरप्रमुख साहले आज नेपाल विद्युत प्राधिकरण मौलापुर शाखालाई तेश्रो किस्ता वापतको रकम बुझाएकी हुन् ।
मौलापुरको नगरवासीहरुले प्रयोग गरेका बिद्युत महसुलको तेश्रो किस्ता वापत ४५ लाख २६ हजार रकम सोमवार नगरपालिका प्रमुख साहले बिद्युत प्राधिकरणको मौलापुर शाखालाई बुझाएको सो कार्यालयले जनाएको छ ।
नगरप्रमुख साहले बिद्युत प्राधिकरण वितरण केन्द्रका शाखा प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए । मौलापुर नगरपालिकामा “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन हुदै आएको छ ।
झण्डै विगत ५ बर्ष देखी जनताहरुको घरायसी मीटर र कृषि मीटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको उनले भने । चालु आर्थिक वर्षमा मात्रै ३ करोड़ ४३ लाख ५० हजार रकÞम बुझाई सकेको स्पष्ट पारे ।
नगरपालिकाबाट “फ्री बिजुली, फ्री पानी” कार्यक्रमबाट नगरवासीहरु लाभान्वित हुँदै आएको छ । नगरप्रमुखको अनुकर्णीय कार्यबाट मौलापुर नगरवासीहरु निकै खुशी व्यक्त गरिएको बताइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन