अमेरिका, एजेन्सी । आइसीसी टी–२० विश्वकप प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न भएको खेलमा अर्शदिपको घातक बलिंग र सुर्यकुमार यादवको गम्भीर इनिंगको कारण भारत अमेरिकालाई ७ विकेटले हराउदै सुपर ८ को यात्रा तयर गरेका छन् ।
भारतले आयरल्याण्डलाई ७ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएर सुपर ८ को यात्रा तय गर्न सफल भएका हुन् ।
टस जितेर पहिला अमेरिकालाई ब्याटिंगको लागि आमन्त्रण गरेका थिए । २० ओभरमा ८ विकेट गुमाउदै ११० रनको योगफल तयार परेर १११ रनको टार्गेट भारत समक्ष प्रस्तुत गरेको थियो । भारतको ओपनरद्धय विराट कोहली शुन्य र क्याप्टेन रोहित शर्मा ३ रनमा आउट भएर भारत निकै दवावमा परे । ऋषभ पन्त पनि खासै प्रदर्शन गर्न सकेनन् । सुर्यकुमार यादव र शिवम दुबेको धर्यतापूर्वक पारीले अन्तत १८.२ ओभर भारतले १११ रन बनाई ७ विकेटबाट अमेरिकालाई पछारे ।
सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे । चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए । ऋषभ पन्त २० बलमा १ चौका र १ छक्कासहित १८ रनमा अली खानको बलमा बोल्ड आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले २ र अली खानले १ विकेट लिए ।
अमेरिकाका नितेश कुमारले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ओपनर स्टिभ टेलरले ३० बलमा २ छक्कासहित २४, आरोन जोन्स ११, कोरी एन्डरसन १५, हरमीत सिंह १० र शाड्ली भान शाक्लीले ११ रन बनाए ।
भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए । समूह डी बाट दक्षिण अफ्रिका र समूह बी बाट अष्ट्रेलिया पनि लगातार तेस्रो जितका साथ सुपर ८ मा स्थान बनाई सकेका छन् ।
समूह ए मा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ ।
उक्त खेलमा अमेरिका विजयी भएमा वा वर्षाको कारण रद्द भएमा पनि सुपर–८ मा पुग्नेछ । यदि अमेरिका पराजित भएमा पाकिस्तानको सुपर–८ सम्भावना नेटरनरेटमा भरपर्नेछ । पाकिस्तान ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । क्यानडा ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड २ खेलमा जित विहीन छ ।