39
Shares
पर्सा, ३१ जेठ । पर्सा सदरमुकाम वीरगञ्जबाट प्रहरीले प्रतिबन्धित लागु औषध खैरो हिरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको बसपार्क क्षेत्रबाट एक भारतीय नागरिक खैरो हिरोइन राखेको खवर पाउन साथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले बसपार्क क्षेत्रमा विआर ०५ एवाई १३४६ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गर्दा सिटको पछाडी लुकाएर राखिएको अवस्थामा एक सय ग्राम खैरो हिरोइन सहित भारत विहार राज्य पुर्वी चम्पारण जिल्लाको लाला छपरा औरैया आदापुरका मोहम्मद नेजामुद्दिन मियालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजङ थिङले जानकारी दिए ।
पक्राउ परेका भारतीय नागरिक नेजमुद्दिन मियालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन