धनकौल (सर्लाही), ३१ जेठ । बर्षौ देखि जिर्ण भवनमा बसेर स्थानीय बासिन्दाहरुलाई सुरक्षा प्रदान गर्दै आएका इलाका प्रहरी कार्यालय धनकौलको भवनलाई मर्मत सम्भार सहित रंगरोहन गराएर बस्ने लायक बनाइएको छ ।
धनकौल गाउँपालिका वडा नम्वर ३ मा रहेका इलाका प्रहरी कार्यालय हरकठवाको बर्षौ बर्ष देखि जिर्ण रहेका भवनमा ओत लागेर स्थानीय बासिन्दाहरुलाई शान्ति सुरक्षा प्रदान गर्दै आएका थिए । धनकौंल गाउँपालिकाको आर्थिक सहयोगमा भवनको आवश्यक मर्मत संभार सहित रंगरोहन गरेर बस्ने लायक बनाइएको हो ।
उक्त भवनमा भान्साकोठा र शौचालयको मर्मत सम्भार गरिनुको साथै थुनुवा कक्षमा सिलिंग पंखा हालेर राम्रो बनाइएको छ । गाउँपालिकाद्धारा बनाइएपछि इप्रका भवन बस्ने लायक भएको बताउदै इन्चार्ज धुलीसिंह जिम्बाले दुई तल्ले भवनमा ५ वटा कोठा, आवास तथा थुनुवा कक्ष सबैको मर्मत गरिएकोमा खुशी व्यक्त गरे ।
२ तल्ले ५ कोठा भएको भवनमा कार्यलय, आवास तथा थुनुवा कक्ष रहेकोमा तत्कालिन माओवादी द्वन्द कालमा भत्काइएको भवनको २०६५ सालमा पुनः निर्माण गरिएको थियो । तर यति कम समयमा भवन जिर्ण बनेपछि बस्ने लायक थिएन । अहिले गाउँपालिकाको सहयोगमा मर्मत सम्भार रंगरोहन पछि बस्ने लायक भएको इन्चार्ज जिम्बाले बताए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट