रौतहट, ३१ जेठ । नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पताल पुरेनवाद्धारा परोहा नगरपालिकाको रामपुर खापमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक तालिम विहिवार सम्पन्न भएको छ ।
सेवा फाउण्डेशनको आर्थिक सहयोगमा गौर आँखा अस्पताल पुरेनवा रौतहटद्धारा परोहा नगरपालिका वडा नम्वर ५ रामपुर खाप स्थित जनता माध्यमिक विद्यालयमा आज आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक तालिम सम्पन्न भएको हो ।
सेवा फाउण्डेशनको सहयोगमा विगत बर्ष झै धामी झाक्री, औषधी विक्रेता, स्वास्थ्य कार्यकर्ता, राजनीतिकर्मीहरुलाई दिइने कार्यक्रम अन्तर्गत आज रामपुर खापमा महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई एक दिने आँखा स्वास्थ्य सम्बनधी जनचेतनामुलक तालिम दिइयो ।
उक्त कार्यक्रममा २७ जना महिला स्वास्थ्य स्वयमसेवीकाहरुको उपस्थिति रहेका थिए भने स्थानीय स्तरमा परोहा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
उक्त प्रशिक्षण कार्यक्रममा नेत्र अधिकृत विनिता केसरी र प्रशिक्षक सत्येन्द्र पाण्डेले कार्यक्रममा सहभागी भएका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धी ज्ञान, सीपहरु दिदै गर्मीको समयमा आँखालाई सुरक्षित राख्ने विधिहरुको प्रशिक्षण दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन