चञ्चल झा
दुर्गा भगवती (रौतहट), १० असार । “समृद्ध दुर्गा भगवती गाउँपालिका, हामी सबैको चाहना” मूल नारा सहित दुर्गा भगवती गाउँपालिकाले आर्थिक बषृ २०८१–०८२ को लागि करिव साढे ३७ करोडको अनुमानित बजेट ल्याएका छन् ।

गंगापिपरा स्थित सामुदायिक भवनमा सम्पन्न भएको खुलासत्रमा गाउँपालिका अध्यक्ष शम्भुकुमार सिंहले शिक्षा, स्वास्थ्य, कृषि, बालविवाह लगायत विभिन्न कार्यक्रमलाई विशेष प्राथमिकताको सूचीमा राखेर अगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम सहित आकर्षक एवं गाउँपालिकाबासीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने खालको योजनाहरु समावेश गरेर ३७ करोड ६५ लाख ५६ हजार बराबरको योजना ल्याएका हुन् ।
अध्यक्ष सिंहले आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, पूर्वाधार विकास क्षेत्र, वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, संस्थागत विकास सेवा प्रवाह सुशासन क्षेत्रलाई समावेश गरेर बजेट ल्याएको चर्चा गर्दै अध्यक्ष सिंहले गाउँपालिका बासीहरुको चाहनालाई मध्यनजर राख्दै स्थानीय स्तरमा सिंह दरबारको अनुभुति हुने खालको आकर्षक योजनाहरु ल्याएकोमा खुशी व्यक्त गरे ।
प्रदेश सभा सदस्य नागेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न खुला सत्रमा उपाध्यक्ष शिला देवी महतो, वडाध्यक्षहरु प्रदुमन चौधरी, सुरेश चौधरी, धर्मेन्द्रकुमार झा (डिके झा), रामानन्द यादव, धर्मनाथ चौधरी, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, समाजसेवी एवं प्रदेश सभा सदस्य प्रत्यासी राजेश चौधरी लगायत गाउँपालिका बोर्ड सदस्यहरु, स्थानीय बासिन्दाहरु, संचारकर्मीहरुको रोहवरमा सम्पन्न भएको गाउँपालिकाको कर्मचारी राजेश दासले जानकारी दिए ।
९ औं गाउँ अधिवेशनको संचालन वडा नम्वर ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झा ( डिके) गरेका थिए ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन