31
Shares
रौतहट, ११ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाको पौराइबाट प्रहरीले करिव साढे चार लाख भन्दा बढिको मोटर पाट्स बरामद गरेको छ ।
सोमवार राति साढे ११ बजेको समयमा विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नम्वर १ पौराइ स्थित राजमार्गमा धरानबाट काठमाडौं तर्फ गईरहेका प्रदेश–०१–००६ ख ५२३८ र लु. २ ख. ६८०७ नम्वरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा डिक्कीबाट ९ कार्टुन मोटर पार्टस र प्लाष्टिकले बेरिएको रोल एक थान बरामद गरिएको हो ।
बरामद गरिएका उक्त सामानको कसैले पनि हक दाबी नगरपछि करिव चाल लाख ५८ हजार २१९ रुपैया मूल्य बराबरको उक्त सामानलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथैयामा दाखिला गराइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन