रौतहट, १३ असार । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका घरको भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालयमा धर्ना बसेका पीडित र सरकारका प्रतिनिधि विच सहमती भएको छ ।
मौलापुर नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका आवासहरुको भुक्तानी गर्न विभिन्न जालझेल गर्दै आएपछि सरोकारवालाहरु आफै पूर्वाधार विकास कार्यालयमा मंगलवार आएर ताला लगाई धर्नामा बसेपछि आज मधेश सरकारका प्रतिनिधि आएर सहमती गरेको हो ।

धर्नामा बसेका पीडितहरु र मधेश सरकारका भौतिक विकास मन्त्री सरोज यादवको उपस्थितिमा सहमती भएको जनाएको छ । सहमती अनुसार पूर्वाधार कार्यालयबाट अनुगमन निरीक्षण गरेर प्रतिवेदन तयार पारी आर्थिक बर्ष २०८१÷०८२ बाट भुक्तानीको व्यवस्थापन गर्ने, मौलापुर नगरपालिकामा पर्ने भकुवा पुलको अधुरो कार्यलाई जिल्ला समन्वय समिति मार्फत कागजातहरु पेश गराई पुरा गर्नुपर्ने र माथि उल्लेखित मागहरु सम्बोधन भएपछि गठित संघर्ष समितिले आफना सबै आन्दोलनको कार्यहरु आजै देखि फिर्ता लिएको जनाइएका छन् ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट