सर्लाही, १४ असार । विलविजक विना लाखौंको चाइनिज लाईटर सहित मालबाहक ट्रक सर्लाही प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजस्व अनुुसन्धान कार्यालय पथलैयालाई जिम्मा लगाएका छन् ।
रौतहट र सर्लाही प्रहरीले पुर्व पश्चिम राजमार्गमा अत्यन्तै कडाईका साथ चेकजाँच सुरु गरेपछि अबैध रुपमा ओसारपसार गरिने कार्यमा केही विराम लागेपनि विलविजक विना लाखौंको सामान लैजादा चेकजाँचको क्रममा पक्राउ पर्न थालेका हुन् ।
विशेष सूचनाका आधारमा सर्लाही प्रहरीले वागमती नगरपालिका वडा नम्वर १२ स्थित पुर्व पश्चिम राजमार्ग भएर वीरगञ्जबाट जनकपुर तर्फ गईरहेका प्र.२–०१–००१ ख ०१५३ नम्बरको ट्रकलाई गएको बुधवार राति रोकेर चेकजाँच गर्दा मेड इन चाईना लेखिएका चाईनिज ग्यास लाईटर ६५० कार्टुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले उक्त ग्याँस लाइटरको मूल्य ७४ लाख २४ १०० रुपैया कायम गरी राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ । प्रहरीले बरामद गरिएको समानहरुको प्रज्ञापन पत्र नभएको र सक्कल विलभर्पाई नभई शंकास्पद देखिदा आवश्यक अनुसन्धान भईरहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन