विरगंज तर्फ जादै गरेको बस जयनगरमा दुर्घटना, एक युवतीको मृत्यु ८ घाइते

44 Shares
रौतहट, १५ असार । रौतहटको गरुडा नगरपालिका स्थित जयनगर चोक नजिक यात्रुबाहक बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् ।
गौरबाट विरगंज तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिका वडा नम्वर १ स्थित जयनगर चोकमा शनिवार विहान ७.४५ बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका वडा नम्वर ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् । मृतक युवती गिरीको शव सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनाको खवर पाउना साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट प्रहरी टोली खटेर घाइतेहरुको उद्धार गरेर स्थानीय ग्राण्डि सहित विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ । २६ बर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पतालमै भईरहेको प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
अन्य सात जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भईरहेको बताउदै डिएसपी गिरीले बस चालक फरार रहेको हुँदा निजको खोजी कार्य भईरहेको तथा दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइन् ।
दुर्घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।