महोत्तरी, १६ असार । सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक थमक विकको हत्या गरेको अभियोगमा पूर्व प्रदेश साँसद कौशलकुमार यादवलाई महोत्तरी प्रहरीले पक्राउ गरेर अदालत समक्ष बुझाएका छन् ।
महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका प्रसनी विकको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्व प्रदेश साँसद यादवलाई शनिवार राति महोत्तरीको साम्सी गापा ५ पोखरभिण्डाबाट पक्राउ गरिएर अदालत समक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी सन्तुलाल जयसवारले बताए ।
उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । २०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेका थिए । तर पराजित भए । अदालतमा मुद्दा चलिरहँदा उनी फरार रहदै आएको थियो ।
महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो । एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए ।
मधेश आन्दोलनका क्रममा २०७२ साल भदौं २५ गते महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या गराइएको थियो । उक्त मुद्दामा २०७५ साल साउन २८ गतेमा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको आधारमा अदालतले सात जना विरुद्ध जन्मकैदको फैसला सुनाएका थिए । त्यस दिन देखि पूर्व प्रदेश साँसद यादव फरार रहदै आएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन