काठमाडौं, १७ असार । आम जनता पार्टीका अध्यक्ष एवं रौतहट ३ बाट प्रतिनिधि सभा सदस्य प्रमुख साहले बैदेशिक राजगार विभाग ठगहरुको रक्षा कवच बनेको भनेर गम्भीर आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा सोमवार विशेष समय लिएर बोल्दै आजपा अध्यक्ष साहले बैदेशिक रोजगारमा गएकाहरु संग ठगि गर्नेहरुलाई कानुनी कटघेरामा उभ्याई ठगिएकालाई राहत दिनुपर्ने माग राख्दै विगत १५ दिन देखि काठमाडौंको तहाचल स्थित बैदेशिक रोजगार विभागको कार्यालय अगाडी धर्ना प्रदर्शनको क्रममा प्रहरी ज्यादतीको विरुद्ध सदनमा गृह मन्त्री संग जवाफ मागेका हुन् ।
सदनमा बोल्दै साहले निषेधित क्षेत्रलाई विस्तारै हटाउदै गईरहेको अवस्थामा तहाचल क्षेत्रलाई निषेधित क्षेत्र बनाएर र संघर्ष गरिरहेको पीडितहरुलाई झन् गृह मन्त्री रवी लामिछानेद्धारा पीडित बनाउने कार्य भईरहेकोमा सरकार सहित गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए ।
आजपा निकट रहेका आईटी आर्मीले विगत १५ दिन देखि गरिरहेका आन्दोलनबाट अतालिएर तहाचल क्षेत्रलाई निषेधित क्षेत्र भन्दै प्रहरी परिचालन गरिनु निकै दुखद कार्य भएको ठहर गर्दै बैदेशिक रोजगारको विभाग ठग र माफियाहरुको अखाडा बनेको छ । त्यही ठग र माफियाहरुलाई गृहमन्त्री लामिछानेद्धारा संरक्षणको कवच बनेकोमा आपत्ती जनाए ।
विदेशमा ठगिएका नेपाली नागरिकहरुलाई न्याय दिलाउनुको साटो ति माफियाहरु संग साँठगाँठ गरेर रेमिटान्सको भरमा चलिरहेको देशका गृह मन्त्री जस्ता व्यक्तिबाट पीडितहरु झन् मर्माहत बनिरहदा मुकदर्शक बन्नु निकै हास्याष्पद भएको सन्तुष्टि सदनमा प्रकट गरे ।
सरकार प्रतिक्रिया विहिन बनेको छ, माफियाहरु विरुद्ध कारवाही गर्ने हिम्मत सरकारमा छैनन्, जान्नेलाई छान्नु पर्ने हो त्यसैले रबीलाई छानेर मन्त्री बनाएपनि पिडितहरु झन् पिडित बन्दै गएकोमा गृहमन्त्रीले ठोस रुपमा जवाफ दिनुपर्ने आजपा अध्यक्ष साहले सदनमा जोडदार रुपमा माग उठाए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट