श्याम गुप्ता
बिरगंज, १९ असार । जिल्ला प्रहरी कार्याले पर्साले जगरनाथपुर गाउँपालिकामा २३ दिन अगाडि भएको २ जनाको हत्यामा संलग्न रहेकाे आशंकामा तीनलाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीले बुधवार बेलुकी पत्रकार सम्मेलनकाे आयाेजना गर्दै हत्यामा संलग्न मुख्य योजनाकार सहिँत पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।
जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी संतोष प्रसाद कुम्हाल र महादेव महतो नुनिया तथा बारा कलैया ५ बस्ने लक्ष्मण कुमार प्रजापतिलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ परेका तीन जना ले गत जेठ २९ गते बारा कलैयाका रामएकबाल पण्डित कुम्हाल र उनको साथी बाराकाे आदर्शकोतवाल घर भइ हाल कलैया बस्दै आएका सुरेश ठाकुरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको पर्सा प्रहरी प्रमुख एवंम् प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । ढुंगेलले घरमा पूजा गराउँने बहानामा बोलाएर दुबै जनाको हत्या गरिएको जानकारी दिए ।
उनका अनुसार मृतक रामएकबालको नातामा भतिजो पर्ने लक्ष्मण प्रजापति र ज्वाइ पर्ने संतोष कुमारको योजनामा दुबै जनाको हत्या भएको देखिन्छ ।
सुरुमा बुवाको मृत्यु, त्यस पछि दाइको अढाइ वर्षको छोराको पनि मृत्यु भयो । यो सँगै घरमा रहेका गाई वस्तु पनि मर्न थाले, यी सबै घटना हुन थाले पछि मलाइ काकाले टुना मुना गरी मारेको लाग्यो । अनि यही रिसइबीमा मैले पनि काकालाई मार्ने योजना बनाए, त्यसै अनुसार भिनाजुसँग मिलेर हत्या गरेकाे प्रहरीकाे अनुशन्धानका क्रममा लक्ष्मणले बयान दिएकाे ढुंगेलले बताए ।
यी दुबै जनाले केही व्यक्तिलाई सुपाडी दिएर हत्या गर्न लगाएको समेत प्रहरी अनुसन्धानमा देखिएको प्रहरी प्रमुखले बताए ।
प्रहरीका अनुसार ८ लाखको सुपाडीमा दुबै जनाको हत्या भएको छ । त्यस मध्ये ४ लाख लक्ष्मणले र ४ लाख संतोषले पैसा दिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रमुख ढुंगेलका अनुसार जगरनाथपुर गाउँपालिकाको ओरिया खोला नजिकै खाल्डोबाट दुबै जनाको शव गाडेको अवस्थामा फेला परेको थियो ।
घटना स्थलमा बरामद कागजात र अन्य प्राविधिक विश्लेषण अनुसार प्रहरीले मुख्य योजनाकार सहिँत तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु माथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन