पछिल्ला ५ बर्षको तुल्नात्मक अवस्था हेर्दा यसपाली रौतहटमा काठ चारी तस्करी फस्टायो

54 Shares

रौतहट, २० असार । विगत बर्षको तुल्नामा यसपाली रौतहट जिल्लामा काठको चारी तस्करी बढेको एक रिपोर्टबाट पुष्टि भएको छ ।
पछिल्लो ५ आर्थिक बर्षको तुल्नात्मक अवस्थामा चालु आर्थिक बर्षमा काठको चोरी निकासी बढेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त भएको तथ्याँकबाट पुष्टि भएको हो ।
चालु आर्थिक बर्ष २०८०÷०८१ मा ८७४.५२ क्युविक फिट काठ सहित ४ जनालाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइयो । पिकअप २ थान, मोटरसाइकल २ थान, ट्रेक्टर ३ थान र साइकल ९ थान गरेर ४२ लाख ९ हजार ३३३ रुपैया राजस्व दाखिला गर्न लगाइयो ।
आर्थिक बर्ष २०७५÷०७६ देखि लिएर २०८०÷०८१ सम्मको ६ आर्थिक बर्षको तुल्नात्मक अवस्थाको समिक्षा गर्दा विगतको बर्ष भन्दा यसपाली रौतहटमो काठको चरी निकासी बढेको पाइएको छ । आर्थिक बर्ष २०७५÷०७६ मा १८४ क्युफिट काठ सहित चार जनालाई समातेर २ लाख ५७ हजार ५ सय राजस्व भर्न लगाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त भएको तथ्याँक अनुसार ०७६÷०७७ मा २०१.५ क्युबिक फिट काठ, ८ जना मानिस नियन्त्रणमा लिई ४ लाख १३ हजार राजस्व दाखिला, ०७७÷०७८ मा २७४.१८ क्युफिट काठ सहित ९ जना मानिस, बाइक ३, साइकल १०, ट्रेक्टर २ टेम्पु १ गरेर ३ लाख ५८ हजार ४७० रुपैया राजस्व, ०७८÷०७९ मा १३० क्युफिट काठ सहित २ जना मासिन संगै टायरगाडा १ थान, बाइक १ थान साइकल १२ थान समातेर १५ हजार राजस्व दाखिला गर्नुका साथै आर्थिक बर्ष २०७९÷०८० मा ८३४.१६ क्युफिट काठ सहित ५ जना मासिन संगै पिकअप ३ थान, ट्रेक्टर १ थान, बाइक १ थान र साइकल ९ थान समातेर ५० लाख ७५ हजार ९१३ रुपैया राजस्व दाखिला गराइयो ।
बरामद भएका काठ सहित मानिस संग सवारी साधनहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयबाट बुझिएको छ ।
प्रहरीको तथ्याँकबाट साफ पुष्टि भएको छ रौतहटको वन जंगल क्षेत्रबाट विगतको तुल्नामा चालु आर्थिक बर्षमा काठको चोरी तस्करी तिव्र रहेको पाइएको छ । नियन्त्रणको नाममा झारो टार्ने कार्य भईरहेको वन सम्बन्धी विज्ञले दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।