रौतहट, २८ असार । रौतहटको गढिमाई नगरपालिकामा जन्ति सवार भारतीय नम्वरको स्कारपीओ शुक्रवार विहान पल्टेर दुर्घटना हुँदा त्यसमा सबार दुई जनाको मृत्यु भएका छन् ।
रौतहटबाट सर्लाही तर्फ जाँदै गरहेका एचआर ७०डी ८३८२ नम्वरको भारतीय स्कारपीयो गाडी अनियन्त्रित भई आज विहान ९ बजेको समयमा नहरमा पल्टिएर उक्त दुखद दुर्घटना भएका हुन् ।
गढिमाई नगरपालिका वडा नम्वर ६ सिंगारमन धर्मपुर सडक खण्डको नहर स्थित धनारी गाउँबाट जन्ति लिएर जादै गरेको उक्त गाडी नहरमा खस्दा काठमाडौंका ५५ बर्षिय कलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा गाउँपालिका वडा नम्वर ३ सुन्दरपुरका रबिन्द्र पण्डितको ७ बर्षिया छोरी स्वेता पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हो ।
भारतीय नम्बरको स्कार्पियो जिपमा १२ जना सवार रहेको मध्ये ५ जना सकुशल रहेको, घाइते ३ जना नाम थर वतन नखुलेको स्थानिय अस्पताल तर्फ उपचारको लागि लगिएको तथा चालक वेपत्ता रहेको हुँदा निजको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन