रौतहट, २९ असार । भरतपुर महानगरपालिकाको सिमलतालमा शुक्रवार विहान साढे बजेको समयमा पहिरोले बगाएर त्रिशुलीमा खसेका दुई वटा बस अझै फेला पर्न सकेका छैनन् ।
शुक्रवार दिनभरी गरिएको रेस्क्यु तथा उद्धार कार्यपछि पनि फेला नपरेपछि हिजोको खोजी कार्य बन्द गरिएको थियो । तर आज विहानै देखि नेपाली सेना र सशस्त्र प्रहरी, नेपाल प्रहरीका गोताखोर टोली सिमलतालमा पुगेर त्रिशुली नदीमा खोजी कार्य सुरु गरिएका हुन् ।
काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स सिमलतालमा लेदो सहितको पहिरोले बगाएर त्रिशुली नदीमा खसेर दुबै बस हराउदा त्यसमा सवार करिव ५० जना यात्रुहरुको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।
हिजो घटनास्थल नजिकै वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एन्जल डिलक्सको पर्दा र बच्चाको ट्रयाकसुट भेटिएको थियो । एन्जल डिलक्समा २४ जना यात्रु सवार थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेको देखियो ।
गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुई वटा बसमा कम्तीमा सवार ५५ यात्रु मध्ये ३ जना हामफालेर ज्यान जोगाएर भने ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् ।
रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, गरुडा नगरपालिका–९ सिसवा घर भएका ५० वर्षीय जोगेश्वर राय यादव र बौधीमाई नगरपालिका–३ मटिअर्वा घर भएका २५ वर्षीय सरोजकुमार साह बनिया गणपति डिलक्सबाट हामफाली कालको मुखबाट जोगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरू मध्येका सरोज साह अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तको घरमा बसेका छन् ।
नन्द दास र जोगेश्वर राय यादवको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट