रौतहट, २९ असार । लेदो सहितको पहिरोेमा परेर दुई वटा यात्रुबाहक बसलाई त्रिशुली नदीमा खसी बेपत्ता भएपनि हाल सम्म बस फेला नपरेपनि नवलपरासी पूर्वको गैंडाकोट मा दुई जनाको शव फेला परेको छ ।
पूर्वी नवलपरासीको गैंडाकोट नपा १० स्थित नारायणी नदी किनारमा ति दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको हो ।
फेला परेका शव भरतपुर महानगरपालिका वडा नम्वर २९ सिमलताल घटनाका रहेको अनुमान गरिएको छ । यद्यपि प्रहरीले त्यसको आधिकारी रुपमा पुष्टि गरेको छैनन । सनाखत भएपछि मात्रै पुष्टि गर्न सकिने प्रहरीले जनाए ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार विहान ३.३० बजेको समयमा दुई वटा डिलक्स गाडी त्रिशुलीमा खसेका थिए । एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए ।
बेपत्ता बस र यात्रुको खोजी कार्य चलिरहेको छ । यसअघि एक जना भारतीय नागरिकको शव फेला परेको थियो । उक्त शव काठमाडौंबाट गौर तर्फ आउदै गरेका गणपति डिलक्समा सवार यात्रीको रहेको पुष्टि भइसकेको छ ।
शनिवार विहानै खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट करिव ५० किमि दक्षिण तल राप्ती नदी र नारायणी नदी मिसिने स्थानको गोलाघाटमा भारत विहार सीतामढी जिल्ला बैरगनिया थाना ग्राम जमुवा बस्ने २८ वर्षीय ऋषिपाल साहको शव भेटिएको हो । उनी काठमाडौंको जोरपाटीबाट बस चढेका थिए ।
खोलाले बगाएर बाहिर फ्याँकेको अवस्थामा उनको शव स्थानीयले भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । साहको शव भेटिएको र उनको परिवारले सनाखत समेत गरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
वेपत्ता बस र नागरिकको खोजी कार्यमा ज्यानको पर्वाह नगरी नेपाली सुरक्षाकर्मीहरु त्रिशुली नदीमा उद्धारमा जुटेको अवस्था ।




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन