रौतहट, ३० असार । पहिरोले बगाएर त्रिशुलीमा खसी वेपत्ता भएका दुईवटा बसका यात्रु मध्ये पाँच जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
फेला परेका पाँच वटा शव मध्ये तीन जनाको परिचय वा सनाखत भईसकेको छ भने दुई जनाको सनाखत हुन नसकेको जनाएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका वडा नम्वर १ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका वडा नम्वर ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामढी बैरगनिया थाना जमुवा गाउँका २८ वर्षीय ऋषिपल साहको शव भेटिएर सनाखत भईसकेको छ । आज भेटिएका दुई शवको शनाखत हुन बाँकी रहेको उनले भने ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्वर २८ गोलाघाट र नवलपरासी पूर्व गैँडाकोटमा शव भेटिएको जनाइएको छ । गोलाघाट स्थित नारायणी नदी किनारमा पुरुषको शव तथा पूर्वी नवलपरासीका गैँडाकोट नगरपालिका वडा नम्वर ७ स्थित गैरीमा पनि एकजना पुरुषको शव भेटिएका छन् ।
काठमाडौँबाट गौरतर्फ आइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको गणपती डिलक्स बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रवार विहान ३.३० बजेको समयमा पहिरोको लेदोले बगाउदै त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।
गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए । गौरको बसबाट तीन जना पौडीखेलेर बाँच्न सफल भएको अन्य पाँच जनाको शव बरामद भएको तथा करिव ५० जना भन्दा बढि र बस अझै वेपत्ता रहेको छ । आज पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपलब्ध गोताखोरहरुले खोजी कार्यलाई निरन्तरता दिएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट