त्रिशुलीमा खसेर वेपत्ता भएका दुबै बसमा ६५ जना यात्रुहरु रहेको पुष्टि

231 Shares

रौतहट, ३० असार । नरायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा शुक्रवार विहान दुई यात्रुबाहक बसलाई पहिरोले बगाएर त्रिशुलमा खसी बेपत्ता भएका बसमा ६५ जना यात्रुहरु सवार रहेको जिल्ला प्रशासन कार्यालय चितवनले पुष्टि गरेको छ ।
नारायणगढ–मुग्लिङ सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार विहान ३.३० बजेको समयमा लेदो सहितको पहिरोमा परेर त्रिशुलीमा खसेको दुई बसमा कुल ६५ यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले पुष्टि गरेको हो ।
दुई दिनसम्म चितवन प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरू सँग निरन्तर रुपमा सम्पर्क तथा सोधपुछका आधारमा ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेका छन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर तर्फ जाँदै गरेको गणपति यातायातको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्तहरु सम्पर्कमा आएर जानकारी गराएको थप ११ जना गरी ३८ जना यात्रुहरु सवार रहेको बताए ।
यसैगरी वीरगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलान बमोजिम २३ यात्रु र आफन्तले जानकारी गराए बमोजिम थप चार जना गरी २७ यात्रु रहेको पुष्टि भएको प्रजिअ यादवले भने ।
दुबै डिलक्स बसमा ६५ जना यात्रुहरु रहेका मध्ये तीन जना हामफालेर बाँचेका थिए । शुक्रबार दिउँसो देखि आईतवार विहान सम्म पाँच जनाको शव भेटिएको र तीन जनाको शव सनाखत भइसकेको छ । शनिबार गोलाघाटमा भारतीय नागरिक ऋषि पाल साहको शव भेटिएको थियो । उनी गणपति यातायातको बसमा चढेको खुलेको थियो । शनिबार गैँडाकोटमा दुई जनाको शव भेटिएको थियो । ती शवहरू माडी–१ का २२ वर्षीय विकास परियार र अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको खुलेको छ ।
विकास एन्जल डिलक्स र रमित गणपति ट्राभल्सको बसमा सवार रहेको खुलेको छ । आफन्तले सनाखत भईसकेको शव बुझेर लगेको छ । यसैगरी भारतीय युवक साहको शव आज विहान धार्मिक रितीरिवाजका अनुसार जमुवा स्थित बकैया नदीको घटमा दाह संस्कार गरिएको बताइएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।