रौतहट । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लामो समय देखि रौतहटमा रहेर पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार संजय मिश्रा सम्मानित भएका छन् ।
रौतहटमा रहेर बिभिन्न सञ्चार माध्यममा क्रियाशील रहेर यहाँका समस्या एवं जनचेतना मुलक समाचारहरु प्रकाशित गराउदै आएकोमा कटहरिया स्थित पियारिया देवी फाउण्डेशनले एक कार्यक्रमका विच पत्रकार मिश्रलाई नगद दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।
कटहरिया नगरपालिका ३ बिर्ती प्रष्टोका गाउँका सत्य नारायण साहको श्रीमती स्वर्गिय पियारिया देवीको पहिलो पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा उनको जेष्ठ पुत्र तथा फाउन्डेसनका सचिव देवेन्द्र साहले खाँदा ओढाएर नगद ११ हजारले पत्रकार मिश्रालाई सम्मानित गरिएका छन् ।
पत्रकारिताको माध्यमले सामाजिक न्यायका लागि समाजमा पुर्याएको योगदानको कदर स्वरूप पत्रकार मिश्रालाई सम्मान गरिएको सचिव साहले बताए ।
स्वर्गिय पियारिया देवीको पुण्यतिथिमा समाजमा योगदान पुर्याउने पत्रकार, कलाकार, सामाजिक अभियन्तालाई प्रत्येक बर्ष सम्मानित गर्ने उद्देश्यले आमाको नाउँमा अक्षयकोष स्थापनाको प्रक्रियामा रहेको साहले जानकारी दिए ।
पछिल्लो दुईदशक भन्दा लामो समय देखि क्रियाशील बरिष्ठ पत्रकार सञ्जय मिश्रा हाल रातोपाटी, न्युज कारखाना, मधेश दृष्टि दैनिकमा आवद्ध रहे संगै कटहरिया एफएमका प्रमुख रहेको बताइएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट