२० करोडको कोकिन सहित काठमाडौंमा मलेसियन महिला पक्राउ

197 Shares

रौतहट, ३१ असार । करोडौंको कोकिन सहित मलेसियन महिलालाई नेपाल प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गर्न सफल भएको छ ।
असार २९ गते राति ११.२५ बजेको समयमा काठमाडौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइ त्यहाँबाट पहिलानै बुक भएका ठमेल स्थित होटेलमा मलेसिया घर भएकी ४७ बर्षिया बाथुमलाई ओडिवलुलाई प्रहरीले करोडौंको कोकिन सहित पक्राउ गर्न सफल भएको हो ।
मलेसियन महिला ओडिवल असार २९ गते मलेसियाबाट लाओस गईन् सोही दिन लाओसबाट थाइल्याण्डको बैंकक पुगिन र राति ११.२५ मा नेपालको राजधानी काठमाडौं आइपुग्छिन् ।
काठमाडौं महानरपालिका वडा नम्वर २९ स्थित ठमेलको एक होटलबाट ओडिवलुलाई प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले असार ३० गते अर्थात आईतवार बिहान पक्राउ गरे ।
मलेसियन महिलाको साथबाट ५ किलो ८२० ग्राम लागुऔषध कोकिन बरामद गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले विद्यार्थीहरुले बोक्ने किसिमको स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन ल्याइएको थियो ।
‘पाँच वटा झोलामा फल्स बटम बनाएर ल्याएको अवस्थामा हामीले लागु औषध कोकिन बरामद गरेका छौं’, एसएसपी रजौरेले भने । बरामद कोकिनको अवैध बजार मूल्य २० करोड ३७ लाख रहेको बताए ।
अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेकी महिलाले ह्वाट्स एपमार्फत कुराकानी गर्ने गरेको र कुराकानीको विवरणबाट बरामद गरिएको कोकिन भारत तर्फ पठाउने तयारीमा रहेको बुझिएको छ ।
नेपाल आइसके पछि उक्त कोकिन भारत पठाउने र भारतमा क्रिस्टोफर नाम गरेका व्यक्तिले कोकिनको व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी रजौरेले भने । ‘पक्राउ परेकी महिलाको ह्वाट्स एपको म्यासेजबाट क्रिस्टोफर नाम गरेको व्यक्ति यसमा संलग्न रहेको देखिएको छ । तर उनी को हुन्, उनको वास्तविक नाम के हो भन्ने अनुसन्धान हुन बाँकी रहेको छ’, उनले भने ।
पक्राउ परेकी महिला भरिया मात्रै भएको खुलेको छ । उनले कोकिन नेपालसम्म ल्याउने जिम्मा पाएको थियो । काठमाडौं आइसकेपछि अर्को व्यक्तिले उक्त कोकिन जिम्मा लिने र त्यसलाई भारतसम्म पुर्याउने गरेको खुलेको छ ।
कोकिन काठमाडौं ल्याउने जिम्मा पाएकी ती महिला १९ जुलाईमा मलेसिया फर्कने तयारीमा रहेको पनि खुलेको छ । त्यसका लागि हवाइ टिकटसमेत उनले काटिसकेको पाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।